नेपालगञ्ज, पुस २२ । नायिका बेनिसा हमाललाई आइतबार नेपालगञ्जमा सम्मान गरिएको छ । ठकुरी पत्रकार समाज नेपालले हमाललाई सम्मान गरेको हो । पत्रकारिता हुँदैं सिने क्षेत्रमा प्रवेश गरेकी हमालले ठकुरी समाजको इज्जत बढाइएको भन्दै सम्मान गरिएको समाजका अध्यक्ष करुणा शाहले बताइन् । सो अवसरमा नायिका हमालले सम्मानबाट आफु थप उत्साहित भएको बताइन् ।
कलाकार कुनै एक जातजातीको मात्रै नहुने भन्दै उनले आप्mनो समुदायबाट सम्मान पाउँदा भने खुशी लागेको बताइन् । अन्य जातजातीले कलाकारलाई सम्मान गर्दा मलाइ पनि त्यस्तो लाग्थ्यो, हमालले भनिन,– अहिले सम्मान पाउँदा खुशी लागेको छ । बेनिशाले यसबर्ष ब्लाइन्ड रक्सबाट सर्बोत्कृष्ट नायिकाको अवार्ड जितिन् ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१