नेपालगन्ज, पुस २५ गते । चिकित्साक्षेत्र सुधारको मागसहित आन्दोलनरत डा. गोविन्द केसीलाई पक्राउ गरिएको बिरोधमा नेपालगन्जमा प्रदर्शन गरिएको छ ।
युवा विद्यार्थीहरुको नेतृत्वमा नेपालगन्जको विपी चौकमा मंगलबार प्रदर्शन गरिएको हो । अदालतको मानहानी गरेको अभियोगमा सोमबार सर्बोच्च अदालतको फैसलापछि डा. केसीलाई प्रहरीले अनसनस्थलबाटै पक्राउ गरेको हो ।
केसी पक्राउको बिरोधमा उत्रिएका युवा विद्यार्थीले गोविन्द केसीको पक्षमा चर्को नाराबाजी समेत गरेका थिए । प्रदर्शनमा नेपालगन्जका चर्चित चिकित्सक डा. विनोद कर्ण, अखिल बाँकेका अध्यक्ष मोहित शाह लगायत पनि सहभागी थिए ।
कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड
सम्पादक : गोविन्द शर्मा
सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१