मंगलवार, आषाढ २३, २०७७ साल

नेपालगन्ज महोत्सवमा ज्योतीको दमदार प्रस्तुती(भिडियोसहित)

Posted on Jan 31 2018

 बाँके, माघ १७ – नेपालगन्जमा जारी प्रादेशिक महोत्सवमा  बुधबार चर्चित गायिका ज्योती मगरले दर्शकलाई भरपुर मनोरञ्जन दिएकी छन् । करिब डेढघण्टासम्म मगरले चर्चित गीतले मनोरञ्जन दिइन् । गीतसँगै उनको नृत्य र द्धिअर्थी लाग्ने संवादले दर्शकले भरपुर मनोरञ्जन लिए । महोत्सवमा ब्यावसायिक स्टलहरु करिब खाली भएपनि सांगीतिक स्टेजभने चारैतिरबाट भरिएको थियो ।

मगरले ढाडे बिराले, जिम्माल बाउकी छोरी, सुर्खेत बुल्बुले ताल लगायतका गीत प्रस्तुत गरेर मनोरञ्जन दिइन् । ज्योतीको प्रस्तुतीका कारण दर्शक सम्हाल्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो । उनले बीचबीचमा बोतलको पानी पिउदैं दर्शकलाई उचाल्ने प्रस्तुती दिइन् ।  महोत्सवमा बिहिवार गायक रामजी खाडको प्रस्तुती रहने प्रचार संयोजक बशन्त लामिछानेले बताए ।


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Tuesday, Jul 07, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१