मंगलवार, मंसिर ९, २०७७ साल

बिहेको प्रश्नले कोमल वलीलाई हैरानी

Posted on Sep 01 2017

नेपालगन्ज, भदौं १६ । लोक गायिका कोमल वली रेडियो नेपालको जागिर छोडेर राप्रपाको राजनीतिमा सक्रिय छन् । कुनै बेला सांगीतिक कार्यक्रम र संचारकर्मीको जिल्लामा पुग्ने वली हिजो आज भने राप्रपाको कार्यक्रममा सहभागी हुन पुग्ने गरेकी छन् । नेपालगन्जमा राप्रपाको कार्यक्रममा सहभागी हुन पुगेकी वलीले शुक्रबार संचारकर्मी समक्ष खुलेर कुरा गरिन् । उनले आफुले स्थानीय तहको निर्वाचनमा तुल्सीपुर उपमहानगरपालिकाको प्रमुखमा उम्मेदवार बन्ने सोच बनाएको भएपनि पार्टीका पुराना नेताको दावीपछि  आफु पछि हटेको बताउदै आगामी निर्वाचनमा पार्टीले दिने जिम्मेवारी पुरा गर्ने बताइन् । गायिका र संचारकर्मीको रुपमा आफुले नेपाली जनताका समस्या बुझेको बताउदै वलीले भनिन,– राजनीतिमा आएपछि केही परिवर्तन गर्न सकिन्छ कि भन्ने लागेको छ । वलीले आप्mनो बिहेको बारेमा धेरै प्रश्न आउने गरेको समेत बताइन् । तर किहे गर्ने वा नगर्ने, कहिले गर्ने भन्ने बारे उनले केही खुलाईनन् । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2020 Lokpriyanews

Tuesday, Nov 24, 2020

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१