बुद्धबार, आषाढ ९, २०७८ साल

माता बागेश्वरी बचत तथा ऋण सहकारीको साधारणसभा

लाेकप्रिय सन्देश २०७६ श्रावन ३२ गते 6.63K

नेपालगञ्ज, साउन ३२ । प्रदेश नम्बर ५ की भुमि व्यवस्था कषि तथा सहकारी मन्त्री आरती पौडेलले सहकारीहरुले विपन्नदेखि सामान्य जनताको आर्थिक अवस्था सुधारका लागि विभिन्न कामहरु गर्नुपर्नेमा जोड दिनुभएको छ । नेपालगञ्जस्थित माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभाको शनिवार नेपालगञ्जमा उदघाटन गर्दै मन्त्री पौडेलले भन्नुभयो,–सहकारीहरुले सस्तो व्याजमा पैसा किन्ने र मंहगो व्याज तिरेर बेच्ने काम मात्र गर्न हुदैन । उहाँले प्रदेश सरकारले सहकारीहरुसंग मिलेर गरिवी निवारणका कार्यक्रम सञ्चालन गरि समृद्ध नेपाल बनाउने अभियान शुरु गरेको बताउदै सरकारको समृद्ध नेपाल र सुखी नेपालीको अभियानमा पनि सहकारीहरुको भूमिका अहम रहेकोमा जोड दिनुभयो । 


सो कार्यक्रममा बोल्दै सहकारी संघ प्रदेश नम्बर ५ का अध्यक्ष प्रेम सुवेदीले सहकारीले जनताको आर्थिक अवस्था सुधारका लागि गरेको काम उल्लेखनीय रहेको बताउँदै सहकारीले हजारौंलाई रोजगारी समेत दिईरहेको बताउनुभयो । माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष रशिद अहमद कुरैशीले आफ्नो सहकारीले नेपालगन्जमा उत्कृष्ट काम गरिरहेकोले बर्सेनी बचत संकलन र ऋण लगानी बढ्दै गएको बताउनुभयो  ।   समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राइले राम्रो काम गर्ने सहकारीलाई राम्रो र नराम्रो काम गर्नेलाई नराम्रो भन्नुपर्ने बताए । उहाँले सबैलाई एउटै श्रेणीमा राख्न नमिल्ने बताउनुभयो  । 


सो अवसरमा बर्षको उत्कृष्ठ कर्मचारी एलिना थापा, उत्कृष्ठ बचतकर्ता फिरोज अन्सारी, उत्कृष्ठ ऋणी भिम कुमारी खत्री, उत्कृष्ठ बालबचत कर्ता डेढ बर्षिय सेजन काफ्ले, उत्कृष्ठ बजार प्रतिनिधी नसिर खान र ओम कुमारी चौधरीलाई घोषित गरेर पुरस्कृत गरिएको थियो ।  उदघाटन कार्यक्रममा  बचत तथा ऋण सहकारी संघ बाँकेका अध्यक्ष प्रकाश ज्ञवाली, राष्टिय सहकारी संघका संचालक विजया धिताल, युवा स्वरोजगार कार्यक्रमका नितेश शर्मा, साना उद्योग संघ नेपालगञ्जका अध्यक्ष रचना श्रेष्ठ, महेन्द्र बहुमुखि क्याम्पसका प्रमुख गणेश रेग्मी, पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारु र माता बागेश्वरीका उपाध्यक्ष अम्बिका शाहले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१