मंगलवार, बैशाख २८, २०७८ साल

बाँकेमा जसपाको बिरोधसभा

लाेकप्रिय सन्देश २०७७ फागुन ९ गते 1.02K
जनता पार्टीका नेता तथा पुर्वमन्त्री मोहम्मद इस्तियाक राइले प्रधानमंत्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन असंवैधानिक भएको बताउनुभएको छ । विघटनका बिरुद्व चरणबद्व आन्दोलन गर्दै आएको जनता समाजवादी पार्टीले देशका सबै स्थानीय तहमा बिरोध सभा गर्ने केन्द्रीय निर्देशन अनुसार चौथो चरणको कार्यक्रम अन्तर्गत आइतबार नेपालगंज उपमहानगरपालिका र डुडुवा गांउपालिकाको संयुक्त आयोजनामा नेपालगंज २१ मा गरेको बिरोध सभामा नेता राइले प्रतिनिधिसभाको विघटन असंबैधानिक भएको दाबि गर्नुभयो। जसपाले पछिल्लो समय बाँकेभर विभिन्न कार्यक्रम गर्दै आएको छ । सबै कार्यक्रममा सहभागी नेता राइले बिकाशको काममा सबैको साथ हुनुपर्ने बताउदै आउनु भएको छ । राइले आफु शहरी बिकास मन्त्री हुदा बाँकेमा बिकास निर्माणले प्राथमिकता पाएको बताउनुभयो ।

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, May 11, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१