बुद्धबार, आषाढ ९, २०७८ साल

नेपालगञ्जमा लैंगिक समानताको विषयमा छलफल

लाेकप्रिय सन्देश २०७७ फागुन २६ गते 850

नेपालगञ्ज, फागुन २६ । स्वास्थ्य क्षेत्रमा लैंगिक समानता तथा सामाजिक समावेशिकरण मुलप्रवाहीकरण सम्बन्धि तालिम बुधबार नेपालगञ्जमा सम्पन्न भएको छ । तालिमको उद्घाटनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालले कुनैपनि कार्यक्रम स्थानीय मागका आधारमा सञ्चालन भएमा कार्यान्वयन हुन सहज हुने बताउनुभयो । उहाँले भौतिक विकास मात्र समग्र विकास नभएको भन्दै शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा पनि जनप्रतिनिधीको ध्यान पुग्नुपर्नेमा जोड दिनुभयो । 
नेपालगञ्ज उपमहानगरपालिका, युएसएआईडी र स्वास्थ्यका लागि सक्षम प्रणालीको आयोजना भएको तालिममा उपमहानगपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले स्वास्थ्य क्षेत्रका योजना निर्माणमा जनप्रतिनिधी सहित सरोकारवाला सबैको ध्यान पुग्न आवश्यक भएको बताउनुभयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१