बुद्धबार, आषाढ ९, २०७८ साल

एन्फा लिगमा धम्बोझी क्लवको विजयी सुरुवात

लाेकप्रिय सन्देश २०७७ चैत्र ३ गते 976

नेपालगञ्ज, चैत ३ । नेपालगञ्जमा नेपालगञ्ज रङ्गशालामा जारी एन्फा प्रेसिडेन्ट लिग–२०७७ अन्तर्गत मङ्गलबार भएको खेलमा धादिङ र बाँके विजयी भएका छन् । नेपालगञ्ज रङ्गशालामा भएको पहिलो खेलमा बाग्मती प्रदेशको लिग च्याम्पियन धादिङ समाज धादिङले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको हो । एन्फा प्रेसिडेन्ट लिगको दोस्रो खेलमा धादिङको तर्फको कप्तान अमिर श्रेष्ठले १७, ३६, ६० र ६२ मिनेटमा गोल गरे । उनी म्याच अफ द म्याच चुनिए । 


 यसैगरी शिशिर लेखीले ६४, ७९ र ८२ मिनेटमा गरी ह्याट्रिक पुरा गरे । यस्तै उमेश राईले ८९ मिनेट र बिपिन कँडेलले २४ मिनेटमा गोल गरेका थिए । लेकालीको तर्फबाट कप्तान संगम शाहीले ५५ मिनेटमा सान्त्वना गोल गरेका थिए । दोश्रो खेलमा लुम्विनी प्रदेशको लिग च्याम्पियन धम्बोझीले  गण्डकी प्रदेशको लिग च्याम्पियन त्रिवेणी युवा क्लव लम्जुङलाई ० का विरुद्ध १ गोलको अन्तरले पराजित गरेको हो । धम्बोझीका तर्फबाट जर्सी नम्बर ९ का पूर्णवहादुर गुरुङले खेलको ४२ औं मिनेटमा गोल गरेका थिए । 

 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१