बुद्धबार, आषाढ ९, २०७८ साल

नेपालगञ्ज उद्योग बाणिज्य संघ देशभरमै उत्कृष्ट

लाेकप्रिय सन्देश २०७७ चैत्र २८ गते 719

   बाँके,चैत २८ ।  नेपालगञ्ज उद्योग बाणिज्य संघ देशकै उत्कृष्ट शाखाको रुपमा सम्मान भएको छ । नेपाल उद्योग बाणिज्य संघको राजधानीमा सम्पन्न ५५ औं बार्षिक साधारणसभामा देशभरीका शाखा मध्ये उत्कृष्ट क वर्गको शाखाको रुपमा सम्मान गरिएको अध्यक्ष अव्दुलवाहिद मन्सुरी चुन्नाले जानकारी दिनुभयो । 


राजधानीमा भएको भव्य कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मानपत्र हस्तान्तरण गर्नुभएको हो ।  नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष चुन्नाले सम्मानपछि अझ राम्रो काम गर्ने हौसला बढेको प्रतिक्रिया दिनुभएको छ । नेपालगञ्ज उद्योग बाणिज्य संघ देशभरमै उत्कृष्ट र सम्मानित शाखाको रुपमा रहदै आएको छ ।  


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१