मंगलवार, बैशाख २८, २०७८ साल

नेपालगञ्जका विद्यालय एकसाता बन्द हुने

लाेकप्रिय सन्देश २०७८ बैशाख २ गते 3.39K

नेपालगञ्ज, बैशाख २ । नेपालगञ्ज उप–महानगरपालिकामा एकहप्ता शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरिएको छ । नेपालगञ्ज उप–महानगरपालिका विपद् ब्यवस्थापन समितिको बिहिबार बसेको बैठकले एकसाताका लागि सम्पूर्ण शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय गरेको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । नेपालगञ्जमा पछिल्लो समय कोभिड संक्रमण उच्च गतिमा बढेपछि उपमहानगरपालिका भित्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको हो । 


नगर प्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभरका सम्पूर्ण शैक्षिक संस्था बन्दका लागि जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकमा प्रस्ताव लैजाने निर्णय गरेको छ । जिल्ला संकट ब्यवस्थापन केन्द्रको निर्णय अनुसार नेपालगन्ज सहित जिल्लाभर आइतबारदेखि एकसातासम्म सम्पुर्ण शैक्षिक सस्था बन्द हुनेछ्न । नेपालगन्ज उपमहानगरपालिकाले शुक्रबारदेखि एकसाता बिद्यालय बन्द गर्ने निर्णय गरेकोमा संकट ब्यवस्थापन केन्द्रको निर्णयसंगै आइतबारदेखि विद्यालय बन्द हुने उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । नेपालगन्जको बिपद ब्यवस्थापन समितिको बैठकले भारतबाट आउनेहरुको सीमानाकामा स्वास्थ्य परीक्षण तथा एन्टिजिन परीक्षणका लागि थप कडाई गर्ने निर्णय गरेको छ ।  माक्र्स अनिवार्य लगाउने लगायतका स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गर्दै बैठकले बजार अनूगमनलाई पनि कडाई गर्ने निर्णय भएको छ । माक्र्स नलगाई कारोबार गर्ने पसल ब्यवसाय कम्तिमा एकसाताका लागि बन्द गर्ने निर्णय समितिको छ । घरबाहिर माक्र्स नलगाई आवागमन गर्नेलाई कारवाही गर्न बैठकले माग गरेको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, May 11, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१