मंगलवार, बैशाख २८, २०७८ साल

नेपालगञ्ज उप–महानगरपालिकामा रेग्मी

लाेकप्रिय सन्देश २०७८ बैशाख ३ गते 1.99K

नेपालगञ्ज, बैशाख ३ । नेपालगञ्ज उप–महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सहसचिव हिरालाल रेग्मी सरुवा भई आउनुभएको छ । प्रमुख प्रशासकीय अधिकृत रेग्मीलाई शुक्रबार नेपालगञ्ज उप–महानगरपालिाकामा स्वागत गरिएको छ । सुदुरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा सरुवा हुनुभएका प्रमुख प्रशासकीय अधिकृत ओम वहादुर खड्काको विदाई गरिएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर लगायतले रेग्मीको स्वागत र खड्काको विदाई गर्नुभयो ।

२०५७ सालमा शाखा अधिकृतबाट निजामती सेवामा प्रवेश गर्नुभएका रेग्मी लामो समयसम्म संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा काम गरेको अनुभव छ । रेग्मीले जिल्ला विकास समिति कालिकोट, अछाम, सुर्खेत, गुल्मी र दैलेखमा स्थानीय विकास अधिकारीको रुपमा काम गर्नुभयो भने धनगढी, टिकापुर, धरान नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा काम गर्नुभयो । २०६६ सालमा उपसचिव हुनुभएका रेग्मी २०७६ सालमा सहसचिव हुनुभएको हो । सहसचिव भएपछि गृह मन्त्रालय हुँदै सुर्खेतको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी निर्वाह गर्नुभएका रेग्मी यसअघि कर्णाली प्रदेशमा आर्थिक मामिला तथा योजना मन्त्रालयको सचिवको रुपमा कार्यरत रहनुभएको थियो । 


२०५९ सालमा घरेलु कार्यालय नेपालगञ्जमा उद्योग अधिकृतको रुपमा एकवर्ष  काम गरेको अनुभव भएका रेग्मीले नेपालगञ्जबारे आफु पूर्णरुपमा जानकार रहेको बताउनुहुन्छ । नेपालगञ्जलाई मुलुककै प्रमुख आर्थिकनगरिको रुपमा विकास गर्न, महानगरको रुपमा विकास गर्न, ग्रामीण वस्तीमा विकास द्रुतगतिमा अघि बढाउन ,शिक्षा, स्वास्थ्यको हब बनाउनका लागि सबैको साथ र सहयोग आवश्यक पर्ने भन्दै उहाँले प्रमुख प्रशासकीय अधिकृतको रुपमा आफु समन्वयकारी भूमिकामा रहने बताउनुभयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, May 11, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१