मंगलवार, बैशाख २८, २०७८ साल

एमाले बाँकेले बनायो स्थानीय तहमा कमिटी

लाेकप्रिय सन्देश २०७८ बैशाख ३ गते 353

नेपालगञ्ज, बैशाख ३ । जिल्ला अधिवेशनबाट निर्वाचित अशोक कोइराला नेतृत्वको नेकपा एमाले बाँकेले स्थानीय कमिटी पुनर्गठनलाई तिव्रता दिएको छ । खजुरामा यामवहादुर महतारा अध्यक्ष रामवहादुर शाही उपाध्यक्ष, दुर्गा भण्डारी सचिव र सीता विक सहसचिव रहेको गाउँपालिका कमिटी चयन गरिएको छ । यसैगरी वैजनाथ गाउँपालिकामा प्रेम सुवेदीको अध्यक्षतामा सर्वसम्मत कमिटी चयन गरिएको छ । नेपालगञ्जमा देवदत्त ढकाल अध्यक्ष, मेराज अहमद कुरेसी उपाध्यक्ष, सचिव हंश खनाल र सहसचिव शान्ता थपलिया अर्याल रहनुभएको छ ।

नेकपा एमालेका केन्द्रीय सल्लाहकार दलवहादुर सुनार, जिल्ला अध्यक्ष अशोक कोइराला, उपाध्यक्ष निरक गुरुङ, सचिव रत्न खत्री नेताहरु सम्सुद्धिन सिद्धिकी, विनोद मैनाली, लालवहादुर खत्री लगायतको उपस्थितीमा स्थानीय पार्टी कमिटीहरु पुनगठन गरिएको हो । एमाले बाँकेका सचिवालय सदस्य अव्दुल हुसेन खाँले यहि ५ गतेभित्र सबै आठवटै स्थानीय तहमा पार्टी कमिटी पुनर्गठन गरिसक्ने जानकारी दिनुभयो ।

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, May 11, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१