मंगलवार, बैशाख २८, २०७८ साल

कानून निर्माणका लागि प्रशिक्षण

लाेकप्रिय सन्देश २०७८ बैशाख ३ गते 278

नेपालगञ्ज, बैशाख ३ । नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरुका लागि स्थानीय तहमा कानून निर्माण विषयमा प्रशिक्षण दिन थालिएको छ ।  जिआईजेडको प्राविधिक सहयोग तथा नेपाल कानून समाजको सहयोगमा शुक्रबारदेखि ३ दिने प्रशिक्षण कार्यक्रमको सुरुवात भएको हो । प्रशिक्षणको उद्घाटनमा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले कानून निर्माणका सन्दर्भमा जनप्रतिनिधीसँगै कर्मचारीको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले जनभावना अनुसार कानून निर्माणमा ध्यान दिइएको बताउनुभयो ।

उपप्रमुख उमा थापा मगरले कानून निर्माण स्थानीय तहका लागि ठुलो चुनौती भएको भन्दै अबको एकवर्ष नेपालगञ्जमा अधिकाँश प्रमुख कानूनहरु निर्माण भईसक्ने बताउनुभयो । 


कार्यक्रममा नेपालगञ्ज उच्च अदालत बार एशोसिएसनका अध्यक्ष शिवकुमार श्रेष्ठ, सचिव पदम पाण्डे लगायतले कानून निर्माण गर्दा नागरिकको सहजतामा ध्यान दिनुपर्ने बताउनुभयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, May 11, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१