मंगलवार, बैशाख २८, २०७८ साल

कोहलपुरमा बस र टिप्पर ठोक्कियो,५ को मृत्यु

लाेकप्रिय सन्देश २०७८ बैशाख ३ गते 248
नेपालगन्ज,बैशाख ३ । पुर्व पश्चिम राजमार्ग अन्तरगत बाँकेको कोहलपुर नगरपालिका रोहिनी खोलानजिकै बस र ट्रक एकआपसमा ठोक्किदा ५ जनाको निधन भएको छ । दुर्घटनामा ३० बढी घाइते भएका छन् । सुर्खेत बाट धरानका लागि छुटेकाे मे १ ख ३३४७ नम्बरको बस र पुर्वबाट कोहलपुरका लागि छुटेको टिप्पर शुक्रबार बेलुकी एकआपसमा ठोकिँएर दुर्घटना भएको हो । जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजु भण्डारीका अनुसार एक जनाको घटना स्थलमा मृत्यु भएको बताउनुभयो । अन्यको शिक्षण अस्पताल कोहलपुरमा उपचारकोक्रममा निधन भएको हो । दुर्घटनामा टिप्पर चालक कोहलपुर ३ का खगेन्द्र सुनार, सहचालक कोहलपुर ११ का उदय बाठा,नेपाली सेनाका जमदार सुर्खेत साटाखानिका जिवन बिक,झापा मेचिनगर १० का छत्रबहादुर कटुवाल र सनाखत हुन नसकेकी २७ बर्षकी महिलाको निधन भएको हो । साे बसमा ३९ जना यात्रु रहेकाे जिल्ला ट्राफिक कार्यालयका प्रमुख भण्डारीले बताउनुभयो । घाइतेहरुको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, May 11, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१