मंगलवार, बैशाख २८, २०७८ साल

जमुनाह नाकामा ९ जनामा देखियो संक्रमण

लाेकप्रिय सन्देश २०७८ बैशाख ४ गते 215

नेपालगञ्ज,बैशाख ४ ।   नेपालगञ्जको जमूनाह नाकामा भारतबाट आएका थप ९ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित नाकामा २४ जनामा कोरोना देखिएको छ ।  भारतको गुजरातबाट फर्केका ७ जना र नयाँ दिललीबाट फर्केका २ जनामा संक्रमण देखिएको हो । 


यसैबीच   भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परीक्षण गरिएका एक सय ९० वटा नमुनामध्ये १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार बाँकेमा १९९ जनामा कोरोना संक्रमण देखिएको थियो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, May 11, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१