मंगलवार, बैशाख २८, २०७८ साल

३ जनाको मृत्यु, कोभिडको जोखिम झन बढ्दै

लाेकप्रिय सन्देश २०७८ बैशाख ५ गते 412

नेपालगञ्ज, बैशाख ५ गते ।  भेरी अस्पताल नेपालगन्जमा उपचाररत तीन जनाको मृत्यु भएको छ । भेरी अस्पताल नेपालगन्ज मा दुई घण्टाको समयावधि भित्र तिनको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्क व्यवस्थापन केन्द्र बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिनुभयो । मृत्युु हुनेमा बाँकेको १, दैलेखको १ र बर्दियाको १ जना रहेका छन् ।  


भेरी अस्पताल नेपालगञ्जको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ८१ वटा नमूनाको स्वाव सङ्कलन गरिएकोमा पिसिआर परीक्षणमा ७५ जनामा कोरोना भएको पुष्टि भएको छ । भेरी अस्पतालका प्रमुख डा. प्रकाश थापाका अनुसार कोरोना विशेष आईसोलेशन वार्डको १०२ सय्या, शङ्काष्पद विरामी राख्ने ४० सय्याको वर्डा गरि १४द्द सय्याको कोभिड वार्ड र १५ सय्याको कोभिड आईसियु वार्ड विरामीले भरिएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, May 11, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१