मंगलवार, बैशाख २८, २०७८ साल

युवा संघ बर्दियाका इन्चार्ज रिमाल माधव नेपाल समूहमा

लाेकप्रिय सन्देश २०७८ बैशाख ५ गते 2.9K

नेपालगञ्ज, बैशाख ५ । राष्ट्रिय युवा संघ नेपाल (केपी ओली) समूहका बर्दिया जिल्ला इन्चार्ज शिव रिमाल आईतबारदेखि युवा संघ नेपालको माधव नेपाल समूहमा प्रवेश गर्नुभएको छ । आईतबार बर्दियामा आयोजित युवा संघ नेपालको जिल्ला भेलामा सहभागी हुनुभएका रिमालले आफु माधव नेपाल समूहमा आवद्ध भएको बताउनुभयो ।

भेलामा नेकपा एमालेका युवा नेता दामोदर अर्याल, रत्न खत्री, इन्द्र रावल, युवा संघ नेपालका महासचिव दिपक जिएम लगायतले रिमाललाई स्वागत गर्नुभयो । ब्यक्तिबादी पार्टी भन्दा पनि विधि र पद्धतीबाट कम्युनिष्ट पार्टी चल्नुपर्छ भन्ने मान्यताका साथ आफु मुलधारमा फर्किएको रिमालको भनाई छ ।  एमालेले बर्दियामा आईतबार युवा संघको जिल्ला कमिटी घोषणा तथा सपथग्रहण कार्यक्रम राखेको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, May 11, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१