मंगलवार, बैशाख २८, २०७८ साल

नरैनापुर र डुडुवामा एमाले बाँकेको नयाँ कमिटी

लाेकप्रिय सन्देश २०७८ बैशाख ६ गते 1.11K

नेपालञ्ज, बैशाख ६ । नेकपा एमाले बाँकेको नरैनापुर गाउँपालिकामा कमिटी पुर्नगठन गरेको छ । केन्द्रीय सल्लाहकार दलबहादुर सुनार, जिल्ला अध्यक्ष अशोक कोइराला, सचिवालय सदस्य अव्दुल हुसेन खाँ, कप्तान पाठक र देबीदत्त आचार्यको उपस्थितीमा भएको भेलाले गाउँपालिका कमिटी पुनर्गठन गरेको हो । कमिटीको अध्यक्षमा पञ्चराम यादव,उपाध्यक्षमा हासिम खाँ, सचिवमा सुनैना मिश्रा र उपसचिवमा वशिर मोहम्मद गुजर  रहनुभएको छ । यसैगरी डुडुवा गाउँपालिकामा मुजिवुर रहमानको  संयोजकत्वमा गाउँपालिका कमिटी गठन भएको छ । नेकपा एमाले बाँकेले सातवटा पालिकामा नयाँ कमिटी चयन गरिसकेको छ । राप्तीसोनारीमा यहि बैशाख ८ गते नयाँ कमिटी चयन गरिने भएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, May 11, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१