मंगलवार, बैशाख २८, २०७८ साल

नेपालगञ्ज लगायत शहरी क्षेत्रमा विद्यालय बन्द गर्ने सरकारको निर्णय

लाेकप्रिय सन्देश २०७८ बैशाख ६ गते 323

नेपालगञ्ज, बैशाख ६ । सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट प्रभावित सहरी क्षेत्रका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको छ । सरकारले अति प्रभावित नेपालगञ्जसहित प्रमुख शहरीक्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको हो । 

सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नयाँ भेरियन्ट सहितको कोरोना महामारी नियन्त्रण रोकथाम आदेश जारी गर्दै शहरी क्षेत्रका विद्यालयहरु वैशाख मसान्तसम्म बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । 

 


काठमाडौं उपत्यकाका साथै उपत्यका बाहिर बनेपा, धुलिखेल, चितवन, बिराटनगर, इटहरी, धरान, वीरगञ्ज, जनकपुर, भैरहवा, पोखरा, बुटबल, नेपालगञ्ज, धजगढी, भीमदत्त नगर लगायतका उच्च जोखिम रहेका जिल्ला सदरमुकामहरुमा विद्यालय बन्द गरी अनलाइनबाट अध्ययन, अध्यापन गराइनेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण बढेसँगै शहरी क्षेत्रका विद्यालय बन्द गर्न प्रस्ताव गरेको थियो । नेपालगञ्जमा भने आईतबारदेखि एकसाताका लागि विद्यालय बन्द छन ।


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, May 11, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१