मंगलवार, बैशाख २८, २०७८ साल

अस्पतालको गेटमा बिरामीको निधन

लाेकप्रिय सन्देश २०७८ बैशाख ६ गते 239
नेपालगन्ज,बैशाख ७ । बाँकेमा एकजना कोरोना संक्रमितको अस्पतालको गेटमा निधन भएको छ । कोहलपुर २ का ७५ बर्षका वृद्धको सोमबारराति शिक्षण अस्पताल कोहलपुरको गेटमा निधन भएको हो । बिहान् स्वाब दिएकोमा राति पोजिटिभ भएपछि अस्पताल ल्याउदै गर्दा गेटमा निधन भएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलिले जानकारी दिनुभयो । यसैबिच शिक्षण अस्पताल कोहलपुरमा सोमबार नै थप एकजनाको निधन भएको छ । दिउसो मृत्यु भएकी कोहलपुर २ की ३५ बर्षकी महिलाको राति कोरोना पोजिटिभ भएको रिपोर्ट आएको हो । यो सहित कोरोनाबाट बाँकेका ६३ जनाको निधन भएको छ । बाहिरी जिल्लाका ९८ को निधन भएको छ । सोमबार राति आएको पिसिआर रिपोर्टमा बाँकेमा एकैदिन ३२२ जनामा पोजेटिभ देखिएको छ ।

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Tuesday, May 11, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१