बुद्धबार, आषाढ ९, २०७८ साल

भेरी अस्पतालका अध्यक्ष धितालले गराए मुख्यमन्त्रीको ध्यानाकर्षण

लाेकप्रिय सन्देश २०७८ बैशाख २३ गते 3.17K

नेपालगञ्ज, बैशाख २३ । भेरी अस्पताल नेपालगञ्जमा विरामीको माग भन्दा अति न्यूनतम रेम्डिसिभिर औषधी छुट्टयाएपछि अस्पतालको टोली औषधी नबुझेर फिर्ता भएको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले मन्त्रालयले अस्पताललाई १२ भाईल मात्रै रेम्डिसिभिर औषधी लैजान भनेपछि औषधी लिन राजधानी गएको गाडी औषधी नबुझेर फिर्ता आएको जानकारी दिनुभयो ।

भेरी अस्पतालमा हाल करिब तीनसय जना कोभिडका विरामी उपचाररत रहेका छन् । उनीहरुमध्ये धेरैजनालाई रेम्डिसिभिर औषधी आवश्यक भएको अस्पतालले जनाएको छ । नेपालगञ्ज भन्दा कम कोभिडका विरामी उपचाररत शिक्षण अस्पताल कोहलपुरका लागि एकसय बढि भाईल औषधी दिइएपनि भेरी अस्पताललाई कम औषधी दिइएको भन्दै भेरी अस्पतालका चिकित्सक र पदाधिकारीहरु आक्रोशित भएका छन् । भेरी अस्पतालमा १४२ सइयाको अक्सिजन सहितको कोभिड वार्ड रहेपनि हाल तीनसय विरामीको उपचार भईरहेको अस्पताल विकास समितिका अध्यक्ष धितालले जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापा, डा. संकेत रिसाल, डा. पारश पाण्डे सहितको टोली कोभिड विरामीको उपचारमा खटिएको छ । भेरी अस्पताल विकास समितिका अध्यक्ष धितालले अस्पतालमा लिक्विड अक्सिजन ट्यांक जडानका लागि भारतबाट लिक्विट अक्सिजन तत्काल ल्याउने व्यवस्था मिलाईदिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र मुख्यमन्त्री शंकर पोखरेललाई आग्रह गरिएको जानकारी दिनुभयो । भेरी अस्पतालमा पछिल्लो समय बाहिरी जिल्लाबाट समन्वय नगरि  कोभिडका विरामी आउन थालेपछि उपचारमा थप समस्या भएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१