बुद्धबार, आषाढ ९, २०७८ साल

नेपालगञ्ज १ ले होम आईसोलेसनमा बसेकालाई चिकित्सक पठाउने

लाेकप्रिय सन्देश २०७८ बैशाख २४ गते 3.73K

नेपालगञ्ज, बैशाख २४ गते । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ ले कोभिड संक्रमण भई घरमै आईसोलेसनमा बसेकाहरुका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।  वडा अध्यक्ष प्रमोद रिजालका अनुसार भोली शनिवारदेखि चिकित्सक, स्टाफनर्ससहित अन्य स्वास्थ्यकर्मीहरुको टोली संक्रमितहरुको घरदैलोमै पुग्ने भएको छ । चिकित्सकसहितको टोलीले संक्रमितको स्वास्थ्य जाँच गरि औषधी तथा एक्सरे लगायत अन्य परीक्षणको सिफारिस गरेमा वडा कार्यालयले निशुल्क उपलब्ध गराउने भएको छ । टोलीले स्वास्थ्य तथा हाईजिन किट समेत उपलब्ध गराउने भएको छ ।


 संक्रमितहरुको घरमा पुगेर चिकित्सक सहितको टोलीले आवश्यक परामर्श तथा स्वास्थ्य जाँच गर्नेछ । गम्भिर विरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर तथा घरमै अक्सिजनको आवश्यकता भएमा वडा कार्यालयले अक्सिजन समेत व्यवस्थापन गरिदिने भएको छ । होम आईसोलेसनमा बसेका विरामीहरुमा कुनै समस्या भएमा वडाका स्वास्थ्यकर्मी तथा जनप्रतिनिधीलाई सम्पर्क गर्न वडा कार्यालयले अनुरोध गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले वडा कार्यालयले होलस्टिक होम केयर सेन्टरको सहकार्यमा कोभिड विरामीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको जानकारी दिनुभयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१