बुद्धबार, आषाढ ९, २०७८ साल

नेपालगञ्जमा कोभिड रोकथाम र नियन्त्रणका लागि वडाको सक्रियता

लाेकप्रिय सन्देश २०७८ बैशाख २४ गते 684

नेपालगञ्ज, बैशाख २४ । कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि नेपालगञ्ज उप–महानगरपालिकामा वडाहरुको सक्रियता देखिएको छ । वडा नम्बर ४ मा वडा अध्यक्ष मो. सफिक वेहनाको पहलमा १० सइयाको आईसोलेसन सेन्टर सञ्चालनमा आएको छ । सेन्टरमा दुईजना चिकित्सक सहितका स्वास्थ्यकर्मी खटाइएको छ ।  स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले आईसोलेसनबाट उपमहानगरपालिकालाई सहयोग पुगेको बताउनुभयो । 


यसैगरी नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ ले कोभिड संक्रमण भई घरमै आईसोलेसनमा बसेकाहरुका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने भएको छ ।  वडा अध्यक्ष प्रमोद रिजालका अनुसार भोली शनिवारदेखि चिकित्सक, स्टाफनर्ससहित अन्य स्वास्थ्यकर्मीहरुको टोली संक्रमितहरुको घरदैलोमै पुग्ने भएको छ । चिकित्सकसहितको टोलीले संक्रमितको स्वास्थ्य जाँच गरि औषधी तथा एक्सरे लगायत अन्य परीक्षण र अक्सिजनको सिफारिस गरेमा वडा कार्यालयले निशुल्क उपलब्ध गराउने भएको छ । टोलीले स्वास्थ्य तथा हाईजिन किट समेत उपलब्ध गराउने भएको छ । 


यसैगरी वडा नम्बर २ ले शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रको मातहत रहने गरी होम आईसोलेसनमा बसेकाहरुका लागि स्वास्थ्यकर्मी खटाउने भएको छ । होम आईसोलेसनमा खटाउनका लागि वडा कार्यालयले स्वास्थ्य सहायक, स्टाफ नर्स, अनमी र अहेव गरि ४ जना जनशक्ति  माग गरेको वडा अध्यक्ष सुनील सिंह हमालले जानकारी दिनुभयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१