बुद्धबार, आषाढ ९, २०७८ साल

सिलिण्डरको खोजीमा मेयर डा. राणा

लाेकप्रिय सन्देश २०७८ बैशाख २५ गते 388

नेपालगञ्ज, बैशाख २५ ।  नेपालगन्जमा रहेका आइसोलेसन र कोभिड अस्पतालमा अक्सिजन अभाव हुन नदिन नेपालगन्जमा मेयर डा. धवलशम्शेर राणाले सिलिण्डर खोजी सुरु गर्नुभएको छ । अस्पताल बाहेक अन्य काममा प्रयोग भएका सिलिण्डिर डा. राणाको पहलमा आईसोलेसन केन्द्र सम्म पुगेको छ । 


अक्सिजन सिलिन्डरको अभाव भइरहेका बेला नेपालगन्जका मेयर राणाले शनिबार विहान औद्योगिक क्षेत्रमा राखिएका सिलिन्डर  रामलिला मैदानमा रहेको अक्सिजनसहितको आइसोलेसनमा केन्द्रमा बुझाउनुभएको छ ।  मेयर राणाका स्वकीय सपचव विरेन्द्र रावतका अनुसार शनिबार चारवटा सिलिण्डर आईसोलेसनमा जम्मा गरिएको छ । यो अभियान निरन्तर रहने रावतले बताउनुभयो । 
नेपालगन्ज उपमहानगरले रामलिला मैदान, वडा नम्बर ४ र ह्वाईटहाउसमा आईसोलेसन सञ्चालन गरेको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१