बुद्धबार, आषाढ ९, २०७८ साल

नेपालगञ्ज १८ मा घरघरमा चिकित्सक सहितको सेवा

लाेकप्रिय सन्देश २०७८ बैशाख २७ गते 4.06K

नेपालगञ्ज, बैशाख २८ गते । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ ले कोभिड संक्रमण भई घरमै आईसोलेसनमा बसेकाहरुका लागि सोमबारदेखि चिकित्सकसहितको स्वास्थ्य सेवा उपलब्ध गराउन सुरु गरेको छ । वडा अध्यक्ष दिपक वर्माको नेतृत्वमा डा. सुबास योगीसहितका स्वास्थ्यकर्मीहरुको टोलीले संक्रमितहरुको घरघरमा पुगेर स्वास्थ्य सेवा दिन सुरु गरेको छ  । डा. योगी सहितको टोलीले संक्रमितलाई आवश्यक परामर्श तथा आवश्यक औषधी समेत सिफारिस गरेको छ । 


 चिकित्सकसहितको टोलीले संक्रमितको स्वास्थ्य जाँच गरि औषधी तथा एक्सरे लगायत अन्य परीक्षणको सिफारिस गरेपछि वडा कार्यालयले निशुल्क परीक्षण गराउने भएको छ । संक्रमितहरुको घरमा पुगेर चिकित्सक सहितको टोलीले आवश्यक परामर्श तथा स्वास्थ्य जाँच गरेको वडा सदस्य दिग्विजय ढुंगानाले जानकारी दिनुभयो । गम्भिर विरामीलाई सुविधा सम्पन्न अस्पतालमा रिफर तथा घरमै अक्सिजनको आवश्यकता भएमा वडा कार्यालयले अक्सिजन समेत व्यवस्थापन गरिदिने भएको छ । टोलीमा सहभागी नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले  गम्भिरखालका विरामीलाई आईसोलेसन तथा अन्य अस्पतालमा रिफर गरिने बताउनुभयो । वडा कार्यालयले होलस्टिक होम केयर सेन्टरको सहकार्यमा कोभिड विरामीलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराएको हो । वडामा २६ वटा टोल रहेका छन् । वडा कार्यालयले सम्भव भएसम्म सम्पूर्ण संक्रमितको घरमा पुगेर स्वास्थ्य सेवा दिने जनाएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१