बुद्धबार, आषाढ ९, २०७८ साल

विरामी भेट्न नगर प्रमुख राणा अस्पताल र आईसोलेसनमा

लाेकप्रिय सन्देश २०७८ बैशाख २७ गते 302

नेपालगञ्ज, बैशाख २७ । नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवलशम्शेर राणाले जमूनाह नाकामा भारतबाट नेपाल प्रवेश गर्नेहरुको लगत संकलन कार्य थप व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । सोमबार नगर स्वास्थ्य शाखा प्रमुख रामवहादुरसहित नाकामा स्थलगत अनूगमनमा पुग्नुभएका नगर प्रमुख राणाले हाल नाकामा भारतबाट फर्किनेहरुको लगत संकलन कार्य विगतको भन्दा राम्रो भएको भन्दै थप व्यवस्थित बनाउन निर्देशन दिनुभएको छ । नगर प्रमुख राणाले नाकासँगै, होल्डिङ्ग सेन्टर, रामलिला मैदानस्थित आईसोलेसन वार्ड, भेरी अस्पताल र ह्वाईटहाउसस्थित आईसोलेसन  सेन्टरको स्थलगत अनूगमन गर्नुभयो ।

सो क्रममा नष्र प्रमुख राणाले भेरी अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र विरामीहरुसँग छलफल गर्नुभयो ।  नगर प्रमुख राणाले महामारीको अवस्थामा सबैपक्षको साथ र सहयोग चाहिएको भन्दै अस्पतालका लागि आवश्यक सहयोग उपमहानगरपालिकाबाट पनि भईरहेको बताउनुभयो । उहाँले नाकामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीहरुसँग उनीहरुका समस्या बारेमा समेत छलफल गर्नुभयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१