बुद्धबार, आषाढ ९, २०७८ साल

बाँकेमा युवा संघले चलायो निःशुल्क एम्बुलेन्स

लाेकप्रिय सन्देश २०७८ बैशाख २८ गते 680

 नेपालगञ्ज, बैशाख २८ । नेकपा एमाले एमाले (माधव नेपाल समूह) सम्वद्ध युवा संघ नेपाल जिल्ला कमिटी बाँके र लुम्बिनी प्रदेश कमिटीले जिल्लाभर निशुल्क एम्बुलेन्स सेवा सुरुवात गरेको छ । कोभिड–१९ रोकथाम नहँुदा सम्मलाइ बाँके जिल्ला भरी  निशुल्क भे १ च १९८७ नम्बरको एम्बुलेन्स सेवा सुरु  गरेको जिल्ला अध्यक्ष कुश्माखर बस्यालले जानकारी दिनुभयो । संघका प्रदेश अध्यक्ष किशोर थापाका अनुसार एम्बुलेन्सले जिल्लाभर सेवा दिनेछ । 

एम्बुलेन्स सेवाका लागि नेपालगञ्जमा प्रविण विसी ९८५८०२५४८५, कोहलपुरमा दिपेन्द्र कुँवर, ९८५८०४१३६५, खजुरामा विकास काउचा ९८५८०३०४०४, वैजनाथमा प्रेम विष्ट ९८४८२३४८०६, जानकीमा केशव शर्मा ९८६६७१३७५०, राप्तीसोनारीमा सरोजविक्रम विष्ट समिर ९८५८०८०२४०, डुडुवामा कैलाशकिशोर मिश्रा ९८६४९४५२८३ र नरैनापुरमा गुरुबचन यादवलाई ९८६४९५७६०२ मा सम्पर्क गर्न सकिने युवा संघले जनाएको छ ।


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१