बुद्धबार, आषाढ ९, २०७८ साल

बाँकेमा कृषि तथा पशु विज्ञान संस्थानका पूर्व विद्यार्थीको सहयोग

लाेकप्रिय सन्देश २०७८ जेष्ठ १३ गते 1.72K

नेपालगञ्ज, जेठ १२ । कृषि तथा पशु विज्ञान संस्थान रामपुर चितवनका पूर्व विद्यार्थीहरुको समूहले भेरी अस्पताल नेपालगञ्जमा सञ्चालित अञ्जनी माता रसोईलाई एकलाख रुपियाँ आर्थिक सहयोग गरेको छ । संस्थानमा सन १९९३–९७ समूहका विद्यार्थीहरुले जिल्ला जिल्ला विपद् व्यवस्थापन समिति बाँके मार्फत रसोईलाई आर्थिक सहयोग गरेका हुन् । रसोईले भेरी अस्पतालमा रहेका विरामी र उनीहरुका कुरुवाहरुलाई प्रति छाक २० रुपियाँमा खाना खुवाईरहेको छ । निषेधाज्ञाको समयमा रसोईले गरेको मानवीय कार्यमा जोडिन पाएकोमा खुशी लागेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टले जानकारी दिनुभयो ।

कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल र बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी विष्टको पहलमा रकम संकलन भई सहयोग गरिएको हो । सो अवसरमा  नेपालगंज उप–महानगरपालिकाका उप–प्रमुख उमा थापा मगर,सहायक प्रजिअ विष्ट, भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल,मेसु प्रकाश थापा,कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल,  यातायात व्यवस्था कार्यालय बाँकेका निमित्त प्रमुख पूर्णवहादुर खत्री लगायतको उपस्थिती थियो । सुन्दर काण्ड मित्र मण्डल अञ्जनी माता रसोईका प्रबक्ता विमल चन्दका अनुसार पछिल्लो समय सहयोगी दाताहरु क्रमशः थपिदै जानुभएको छ । सुन्दर काण्ड मित्र मण्डल र नेपालगञ्ज उपमहानगरपालिकाले गत कात्तिकदेखि सुरु गरेको यो अभियानले कोभिड संक्रमणमा विरामी र कुरुवालाई राहत पुगेको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१