बुद्धबार, आषाढ ९, २०७८ साल

कोभिड रोकथाम र नियन्त्रणको अभियानमा सहयोगी बन्दै मनाईन नेपालगञ्जकी उपप्रमुख मगरले जन्मदिन

लाेकप्रिय सन्देश २०७८ जेष्ठ १९ गते 1.06K

नेपालगञ्ज, जेठ १९ । नेपालगञ्ज उप–महानगरपालिकाका उपप्रमुख उमा थापा मगरले कोभिड रोकथाम र नियन्त्रणको अभियानमा सहयोग गर्दै जन्मदिन मनाउनुभएको छ । 
हाल कार्यबाहक नगर प्रमुखको जिम्मेवारीमा रहनुभएका उपप्रमुख थापा मगरले जन्मदिनको अवसर पारेर कोभिड रोकथाम र नियन्त्रणको अभियानमा क्रियाशिल  चारवटा संघ संस्थालाई बुधबार सहयोग गर्नुभएको हो । नेपाल पत्रकार महासंघ बाँके शाखालाई उपप्रमुख मगरले एम्बुलेन्स खरिदका लागि पाँच हजार १०० रुपियाँ सहयोग गर्नुभएको छ । महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीलाई सहयोग रकम हस्तान्तरण गर्नुभयो । यस्तै भेरी अस्पतालमा २० रुपियाँमा विरामी र कुरुवालाई खाना खुवाईरहेको अञ्जनी माता रसोईमा उपप्रमुख मगरले पाँच हजार १०० रुपियाँ सहयोग गर्नुभयो  । रसोईका व्यवस्थापक जितेन्द्र ठाकुरलाई मगरले रकम हस्तान्तरण गर्नुभयो । 


यसैगरी लायन्स क्लव अफ नेपालगञ्ज पञ्चशिलले संचालन गरेको खाद्य बैंकलाई उपप्रमुख मगरले पाँच हजार १०० रुपियाँ सहयोग गर्नुभयो ।  संस्थाका अध्यक्ष भावना सापकोटा र कोषाध्यक्ष केवलकुमार वैश्यलाई  हस्तान्तरण गर्नुभयो । 
यस्तै जन्मदिनकै अवसर पारेर उपप्रमुख मगरले  बागेश्वरी असल शासन क्लव (बास)द्वारा सञ्चालित मास्क बैंकका लागि पाँच हजार १०० रुपियाँ अध्यक्ष रमेश सिटौलालाई हस्तान्तरण गर्नुभएको छ । गतवर्षदेखि कोभिड रोकथाम र नियन्त्रणका लागि अग्रभागमा खटिदैं आउनुभएका उपप्रमुख मगरले यसवर्ष आप्mनो जन्म दिनको अवसर पारेर कोभिड रोकथाम र नियन्त्रणको अभियानमा सक्रिय संघ संस्थालाई थोरै भएपनि सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।  

 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१