बुद्धबार, आषाढ ९, २०७८ साल

वडाध्यक्ष दीपक वर्माको सक्रियता–वडाको बजेटमा नेपालगञ्जमा पहिलो पटक अस्फाल्ट सडक निर्माण सुरु

लाेकप्रिय सन्देश २०७८ जेष्ठ २१ गते 3.58K

नेपालगञ्ज,जेठ २१ ।     नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ को कारकादौंस्थित सुर्खेतरोडदेखि ट्राभेल भिलेज पुर्वतर्फको सडकको कालोपत्रे सुरु भएको छ ।  वडा कार्यालयको ४१ लाख रुपियाँको लागतमा यहि असार मसान्तभित्र निर्माण सम्पन्न गर्ने गरि वडा अध्यक्ष दीपक वर्माले सडकको शिलान्यास गर्नुभयो । आरसिसी ड्रेन ढक्कन सहितको सडक निर्माण कार्य २३ वटै वडामा पहिलो पटक वडाको बजेटबाट निर्माण हुन लागेको बर्माले बताउनुभयो । अस्फाल्ट प्रविधीबाट नेपालगञ्जमा वडा कार्यालयको लगानीमा पहिलो पटक कारकादौंमा सडक निर्माण सुरु भएको हो । 


 सो अवसरमा उपस्थित स्थानीयबासिन्दाले विकास निर्माण कार्यमा देखाएको सक्रियताको सह्राना गर्दै वडा अध्यक्ष वर्मा र वडा सदस्य दिग्विजय ढुंगानालाई सम्मान गरेका थिए ।  नेपालगञ्ज १८ मा बन्दाबन्दीका समयमा समेत सडक निर्माण लगायतका अन्य विकासका कार्यले निरन्तरता पाएका छन् । वडा अध्यक्ष वर्माले दुईदिनभित्रै  असार भित्रै निर्माण सम्पन्न गर्ने गरि थप दुईवटा सडकको कालोपत्रेको काम सुरु हुने बताउनुभयो ।  पछिल्लो पटक कारकाँदोमा सडक निर्माण कार्यलाई प्राथमिकता दिइएको छ । वडाध्यक्ष वर्माका अनुसार सिक्टा सिँचाई आयोजनासँगैको सडक, होटल सिद्धार्थ भ्यू पछाडीको सडक, दुर्गा भवानी टोल, पशुपतिनगर टोल र लग्दहवादेखि बसपार्क जोड्ने सडक शिलान्यास भई कालोपत्रेको कार्य भईरहेको छ । चालु आवमा मात्रै आधादर्जन बढि सडकको कालोपत्रेको काम भईरहेका छन् ।


 सडक कालोपत्रेसँगै वडाका विभिन्न भित्री सडकमा माटो पटान तथा ग्राविल गर्ने कार्य समेत तिव्ररुपमा भईरहेको वडा कार्यालयले जनाएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१