बुद्धबार, आषाढ ९, २०७८ साल

विकासमा फड्को मादैं नेपालगञ्जको कारकादौं

लाेकप्रिय सन्देश २०७८ जेष्ठ २४ गते 2.22K

नेपालगञ्ज, जेठ २४ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दीपककुमार वर्माले सोमबार दिउसो एकसाथ दुईवटा सडकको शिलान्यास गर्नुभयो । तेजनगरमा २३ लाखको लागतमा दुबैतर्फ नाली सहित निर्माण हुने कालोपत्रे सडकको शिलान्यास गरेलगत्तै अध्यक्ष वर्माले विशलनगर चोकदेखि बनिया गाउँ जोड्ने करिब १५२ मिटर लामो सडक कालोपत्रेको शिलान्यास गर्नुभयो ।

दुबै सडकको कार्य यहि असार मसान्तभित्र सम्पन्न हुने वर्माले जानकारी दिनुभयो । केही दिन अघि मात्रै कारकादौंको ट्राभेल भिलेजदेखि पुर्वतर्फ अस्फाल्ट सडक निर्माणको शिलान्यास भएको थियो ।  कोभिड रोकथाम र नियन्त्रणका लागि ब्यक्तिगत तथा वडा कार्यालयको तर्फबाट रचनात्मक कार्य गर्नुभएका वर्माको सक्रियता विकास निर्माणमा पनि उत्तिकै देखिएको छ । वडाभित्र सिक्टा सिँचाई आयोजनासँगैको सडक, होटल सिद्धार्थ भ्यू पछाडीको सडक, दुर्गा भवानी टोल, पशुपतिनगर टोल र लग्दहवादेखि बसपार्क जोड्ने सडक शिलान्यास भई कालोपत्रेको कार्य भईरहेको छ ।

चालु आवमा मात्रै आधादर्जन बढि सडकको कालोपत्रेको काम भईरहेको वडा सदस्य दिग्विजय ढुंगानाले बताउनुभयो । असार भित्रै निर्माण सम्पन्न बनाउन जनप्रतिनिधीहरुले नियमित अनूगमनको कार्य गर्दै आएको ढुंगानाले जानकारी दिनुभयो । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१