बुद्धबार, आषाढ ९, २०७८ साल

सुर्य ढकाललाई एमाले बाँकेले सोध्यो २४ घण्टे स्पष्टिकरण

लाेकप्रिय सन्देश २०७८ जेष्ठ २४ गते 341

नेपालगञ्ज,जेठ २४ । ७ औं जिल्ला अधिवेशनबाट निर्वाचित नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले सचिवालय सदस्य सुर्य ढकाललाई  २४ घण्टे स्पष्टिकरण सोध्नुभएको छ ।  एमालेको जिल्ला अधिवेशनबाट निर्वाचित नेतृत्व र कमिटीलाई बेवासता गर्दै पार्टी विधि, विधान, पद्धति र आचरण विपरित आफुलाई अध्यक्ष स्व घोषणा गरि पार्टीमा समानान्तर गतिविधी गरेको, पार्टीको आन्तरिक एकतालाई कमजोर बनाएको र पार्टीको लेटर प्याड, छाप, झण्डाको दुरुपयोग समेत गरेको भन्दै ढकाललाई स्पष्टिकरण सोधिएको हो । 

पार्टीको विधी, विधान, पद्धति विपरितको गतिविधी गरेकोमा तपाईलाई कारवाही किन नगर्ने तपाईले पत्र प्राप्त गरेको २४ घण्टाभित्र लिखित रुपमा स्पष्टिकरण पेश गर्न निर्देशन गरिन्छ, स्पष्टिकरणमा भनिएको छ ,– चित्तबुभ्mदो जवाफ नआएमा पार्टीको विधान तथा नियमावलीमा भएको व्यवस्था अनुसार कार्वाही हुने जानकारी गराइन्छ । सर्बोच्च अदालतको फागुन २३ गतेको फैसला अनुसार बाँकेमा एमालेको ७ औं जिल्ला अधिवेशनबाट निर्वाचित कमिटी नै बैध भएको स्मरण गराइएको छ । सो अधिवेशनमा ढकाल एमाले बाँकेका सचिव रत्न खत्रीसँग पराजित हुनुभएको थियो । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१