बुद्धबार, आषाढ ९, २०७८ साल

बाँके जिल्लाभर जेठ ३१ सम्म निषेधाज्ञा

लाेकप्रिय सन्देश २०७८ जेष्ठ २४ गते 240

नेपालगञ्ज, जेठ २४ गते । बाँकेमा डेढमहिनादेखि जारी निषेधाज्ञाको समय पुनः एकसाता थप गरिएको छ  ।  अब जेठ ३१ गते राती १२ बजेसम्म कायम गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय बाँकेले नेपालगञ्जमा बैशाख ९ र जिल्लाभर बैशाख १३ गतेदेखि निषेधाज्ञाको आदेश जारी गरेको हो । सुरुमा एकसाताका लागि निषेधाज्ञाको आदेश जारी भएकोमा त्रमmशः थपिदैं लगिएको छ । 


 अत्यावश्यक सेवा र सोमा प्रयोग हुने सवारी साधन बाहेक अन्य सबै प्रकारका सेवा, सवारी साधन, पसल व्यवसाय, हाटबजार सञ्चालन तथा अत्यावश्यक कामबाहेक हिडडुलमा समेत निषेध गरिएको प्रशासनले जनाएको छ । प्रशासनले दैनिक उपभोग्य वस्तुहरुका पसल विहान ७ देखि १२ बजेसम्म  जनस्वास्थ्यका मापदण्डको पालना गरि सञ्चालन गर्न पाउने जनाएको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१