बुद्धबार, आषाढ ९, २०७८ साल

कोभिड विरुद्धको खोपका लागि आवश्यक पहल गर्ने नेपालगञ्जको निर्णय

लाेकप्रिय सन्देश २०७८ जेष्ठ २६ गते 488

नेपालगञ्ज, जेठ २६ । नेपालगञ्ज उप–महानगरपालिकाले छिटो भन्दा छिटो सम्पूर्ण नगरबासीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । नगरप्रमुख डा. धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिका बैठकले सरकारले अनुमति दिएमा नगरबासीका लागि आवश्यक खोप खरिद गर्ने निर्णय गरेको छ । बैठकले हिमानी कोषले नेपालगञ्जकाल लागि आवश्यक जोनसन एण्ड जोनसन कम्पनीको खोप उपलब्ध गराउन प्रस्ताव गरे अनुसार सो प्रस्ताव स्वीकृति गर्ने निर्णय गरेको छ । हिमानी कोषले नेपालगञ्जका लागि आवश्यक खोप उपलब्ध गराउन सक्ने प्रस्ताव नेपालगञ्ज उपमहानगरपालिकालाई गरेको छ । नगर उपप्रमुख उमा थापा मगरका अनुसार छिटो भन्दा छिटो सम्पूर्ण नगरबासीलाई कोभिड विरुद्धको खोप उपलब्ध गराउन उप–महानगरपालिकाले पहल गर्न थालेको हो । 


 कोभिड विरुद्धको खोप अन्य संघ संस्थाले पनि उपलब्ध गराउन चाहेमा स्वीकृत दिने बैठकले निर्णय गरेको छ । नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजालका अनुसार बैठकले सरकारलाई छिटो भन्दा छिटो कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग गरेको छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१