बुद्धबार, आषाढ ९, २०७८ साल

नेपालगञ्जमा स्वास्थ्यकर्मी संघको स्थापना दिवस

लाेकप्रिय सन्देश २०७८ जेष्ठ २७ गते 223

नेपालगञ्ज,जेठ २७ । राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको १६ औं स्थापना दिवसको अवसरमा  बिहिवार बाँकेमा कार्यक्रम गरिएको छ । केन्द्रीय उपाध्यक्ष रामवहादुर चन्दको उपस्थितीमा नीलसागर सेवा आश्रममा सहयोग गरि दिवस मनाइएको छ । 


आश्रममा आश्रितहरुका लागि खाद्यान्न एवं कोभिड १९ सम्बन्धित स्वास्थ्य सामाग्रीहरू खरिदका लागि २० हजार ५०५ रुपिया नगद सहयोग गरिएको छ । सो अवसरमा केन्द्रीय उपाध्यक्ष चन्दले सम्पूर्ण स्वास्थ्यकर्मीको हकहितका लागि संघले स्थापनाकालदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको बताउनुभयो । चन्दले कोभिडको उच्च जोखिम नियन्त्रणमा स्वास्थ्यकर्मीको भूमिका महत्वपूर्ण रहेको भन्दै अझ उच्च मनोबलका साथ काम गर्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।  


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Wednesday, Jun 23, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१