सोमबार, श्रावन ११, २०७८ साल

प्रकाशित समाचार प्रति वडाध्यक्ष वर्माको ध्यानाकर्षण

लाेकप्रिय सन्देश २०७८ जेष्ठ ३० गते 1.21K

नेपालगंज जेठ । नेपालगंज उप–महानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष दिपक वर्माले वडा कार्यालयबाट भईरहेका  गरिरहेको विकास निर्माण लगायतका कार्यहरु ओझेलमा पार्नेगरि केही अनलाईन संचार माध्यम र सामाजिक संजालमा प्रशारित समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउनुभएको छ । अध्यक्ष वर्माका अनुसार,नेपालगंज उपमहानगरपालिकाभित्र संघीय आयोजना कार्यान्वयन ईकाई नेपालगंजद्वारा निर्माणाधिन सडकहरु मध्ये वडा नं. १८ को बाईपास रोडमा नेपाल टेलिकमको तार विस्तार प्रयोजनका लागि ठेकेदारले खाल्डो बनाई छाडेको छ । टेलिकमको प्राविधिक विषय भएका कारण वडा कार्यालयले बारम्बार सो खाल्डो पुर्नका लागि टेलिकम कार्यालय र निर्माण ब्यवसायीलाई ताकेता गर्दै आईरहेको भन्दै वडाध्यक्ष वर्माले सडकको खाल्डो पुर्ने वडा कार्यालयले नभई टेलिकमको भएको यथार्थता नबुझि वडा कार्यालयको कमजोरी देखिने गरि समाचार प्रकाशित भएको बताउनुभएको छ । समाचारको विषयमा  पत्रकार संगीता पाठकलाई सत्यतथ्य नबुझी किन समाचार प्रकाशन गरेको, तपाईको विरुद्धमा कानुनी उपचार किन नखोज्ने भन्दै मोवाईलमा संवाद गरिएको तर कसैलाई धाक धम्की नदिइएको उहाँको भनाई छ । 


 प्रेस  तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमासदैब सम्मान रहदै आएको भन्दै वर्माले स्वतन्त्रताको नाममा स्वच्छन्दता किमार्थ स्वीकार गर्न नसकिने स्पष्ट पार्नुभएको छ । उहाँले  एकपछि अर्को गरि  चरित्र हत्या गर्ने गरि प्रकाशित समाचारको विषयमा कानुनी उपचार खोज्ने निर्णयमा पुगेको उल्लेख गर्नुभएको छ । वर्माले सत्य,तथ्य बुझेर मात्रै  समाचार प्रकाशन र प्रशारणका लागि संचार माध्यम र संचारकर्मीहरुलाई हार्दिक अनुरोध गर्नुभएको छ ।  

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jul 26, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१