सोमबार, श्रावन ११, २०७८ साल

शिक्षण अस्पतालका स्वास्थ्यकर्मी आन्दोलनमा

लाेकप्रिय सन्देश २०७८ जेष्ठ ३१ गते 241

नेपालगञ्ज, जेठ ३१ गते । फागुनदेखिको तलब भत्ता नपाएको भन्दै नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका छन् । उनीहरुले नियमित तलब पाउनुपर्ने, तलव वृद्धि हुनुपर्ने कोभिडको समयमा काम गरेको जोखिमभत्ता उपलब्ध गराउनुपर्ने लगायतका माग सहित सोमबार अस्पतालमा विरोध प्रदर्शन गरेका हुन् । कर्मचारी सङ्गठनका अध्यक्ष कुश्माखर बस्यालले बुधबार अस्पतालमा रहेका कर्मचारी सङ्घ सङ्गठनहरुको बैठक राखेर आवश्यक कानूनी प्रक्रिया पुरा गरि आन्दोलनलाई निरन्तरता दिइने बताउनुभयो ।

अस्पताल व्यवस्थापनले असार २ गतेसम्म तलब उपलब्ध गराउने आश्वासन दिएपछि प्रदर्शन रोकिएको छ । अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुले ४ बर्षदेखि तलब वृद्धि नभएको बताएका छन् । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jul 26, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१