आईतवार, श्रावन १०, २०७८ साल

प्रहरी निरीक्षक आचार्यको पहलमा बाँकेको खजुरामा बन्यो तीन कोठे भवन

लाेकप्रिय सन्देश २०७८ आषाढ ३ गते 903
खजुरा,असार ४ । ईलाका प्रहरी कार्यालय धनौली बाँकेका इन्चार्ज प्रहरी निरीक्षक वसन्त आचार्यको पहलमा बाँकेको खजुरामा बन्यो तीन कोठे भवन निर्माण भएको छ । खजुरा क्षेत्रका समाजसेवीबाट सहयोग संकलन र प्रहरीकै जनश्रमदानमा भवन निर्माण भएको हो । भवनको शुक्रबार जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख ओम बहादुर रानाले उद्घाटन गर्नुभयो । यसैगरी खजुरा गाउँ पालिकाको सहयोगमा कार्यालयको पुर्व तर्फ निर्मित ८९ मिटर पक्की पर्खालको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतीले उद्घाटन गर्नुभयो । सो अवसरमा भवन निर्माणमा सहयोग पुर्याउनेहरुलाई सम्मान गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Jul 25, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१