सोमबार, श्रावन ११, २०७८ साल

अपांगता भएका ब्यक्तिलाई नेपालगञ्जको सहयोग

लाेकप्रिय सन्देश २०७८ आषाढ ४ गते 410

नेपालगञ्ज, असार ४ । नेपालगञ्ज उप–महानगरपालिकाले अपांगता भएका ब्यक्तिहरुलाई शुक्रबार सहायक सामग्री वितरण गरेको छ । नगर प्रमुख उमा थापा मगरको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २ वटा ट्राई साईकल, २ वटा वाकर,  ४ वटा ह्विल चेयर, एउटा बैशाखी र १२ वटा सेतो छटी सहयोग गरिएको हो । नेपालगञ्ज उप–महानगरपालिकाको सहयोगमा  अपांग सशक्तिकरण तथा संचार केन्द्रको सहजिकरणमा नेपालगञ्ज नगर स्तरीय अपांगता सञ्जालले गरेको सो कार्यक्रममा अपांगता परिचय पत्र व्यवस्थापनका लागि डिजिटलाईजेसन प्रिन्टर मेसिन र कार्ड समेत उपलब्ध गराइएको छ ।

सञ्जालका अध्यक्ष गोकर्ण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख शोभा शाह,  राष्ट्रिय अपांग महासंघका केन्द्रीय सचिव भावुकजंग थापा, प्रदेश अध्यक्ष देबीदत्त आचार्य लगायतको सहभागिता थियो । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jul 26, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१