सोमबार, श्रावन ११, २०७८ साल

जिल्ला प्रहरीमा अमर प्रहरी स्मारक

लाेकप्रिय सन्देश २०७८ आषाढ ६ गते 387

नेपालगञ्ज, असार ६ । जिल्ला प्रहरी बाँकेको कार्यालय बाँकेमा  नव निर्मित अमर प्रहरी स्मारकको आईतबार उद्घाटन गरिएको छ । स्मारकको उद्घाटन गर्दै बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले अमर प्रहरीको अस्तित्व जोगाई राख्न स्मारक सहयोगी हुने बताउनुभयो । 


कार्यक्रममा  नेपाली सेनाका सेनानी नकुल थापा, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओम बहादुर राना,सशस्त्र प्रहरी उपरीक्षक असोक बम, राष्ट्रिय अनुसन्धान निर्देशक नरेन्द्र गरीु लगायत स्मारक निर्माण समितिका पदाधिकारी तथा स्मारक निर्माणमा सहयोग पु¥याउने ब्यिक्तहरु र  पुर्व प्रहरी, अशक्त प्रहरीहरुको उपस्थित रहेको थियो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक ओम बहादुर रानाले स्मारक निर्माणमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैमा धन्यबाद दिँदै सहयोग पु¥याउनेहरुलाई सम्मान गर्नुभयो । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jul 26, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१