आईतवार, श्रावन १०, २०७८ साल

बाँकेको बैजनाथमा एक वडा एक पकेट क्षेत्र कार्यक्रम लागु हुने

लाेकप्रिय सन्देश २०७८ आषाढ ८ गते 998
नेपालगञ्ज, असार ८ । बाँकेको बैजनाथ गाउँपालिकाले कृषि, पशुपालन र भौतिक पूर्वाधार विकासमा जोड दिदै आगामी आर्थिकवर्ष २०७८/७९ को बार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । 
 
गाउँपालिकाका अध्यक्ष मानवहादुर रुचालले प्रस्तुत गर्नुभएको बार्षिक नीति तथा कार्यक्रममा एक वडा एक पकेट क्षेत्र घोषणा गरिने उल्लेख छ । यसैगरी  तरकारी खेती प्रवर्धन र विकासमा जोड दिईने, मल, बिउं सिचाई प्रविधी र कृषी उत्पादनको बजारको सहकारी मार्फत व्यवस्थापन गरिने, घर बगैचा स्वस्थ वातावरण सुधारका लागि कागती तथा फलफूलका बिरुवा रोप्नका साथै बार्है महिना ताजा तरकारी उत्पादनमा विशेष जोड दिईने,माछा पालकलाई प्रोत्साहित गरिने, शित भण्डारका लागि आवश्यक पहल गरिनेछ  भनिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानवहदाुर ऐडीले स्वास्थ्य, शिक्षा सँगै रोजगार सिर्जना लगायतका कार्यक्रमले  पनि प्राथमिकता पाएको बताउनुभयो । 
 
यस्तो छ बैजनाथको बार्षिक नीति तथा कार्यक्रम

बैजनाथ गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालय

रामपुर, बाँके, लुम्बिनी प्रदेश, नेपाल

आ.व. २०७८/०७९ को नीति तथा कार्यक्रम

गाउपालिकाका अध्यक्ष श्री मान बहादुर रुचाल ठकुरी द्वारा प्रस्तुत नीति तथा कार्यक्रम २०७८

सभाअध्यक्षज्यू

सभासदज्यू

संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था प्राप्तिका लागि साहदत प्राप्त गर्नु हुने ज्ञात अज्ञात सम्पूर्ण शहिदहरु प्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु | विश्वमहामारी कोभिड-१९ कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने महानुभाव प्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै संक्रमितहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु |

     कोरोना भाइरस रोकथाम नियन्त्रण उपचारका लागि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण विभिन्न कारणले घर फर्कि रोजगारी गुमाएका पोजिटिभ भइ अस्पताल, आइसोलेसन सेन्टर, होम आइसोलेसन बसी कोरोना मुक्त हुन र परिक्षण, स्वास्थ्य उपचार गर्न र गराउन,रोकथाममा संलग्न जनप्रतिनिधी, कर्मचारी, स्वास्थ्यकर्मी, एम्बुलेन्स तथा सवारीचालक, सुरक्षाकर्मी, राजनैतिक दल, समाजसेवी, बुद्धिजीवि, महिला स्वास्थ्य स्वयंसेविका, युवाले खेल्नु भएको भूमिका र पुर्याउनु भएको सहयोगका लागि बैजनाथ गाउँपालिका धन्यवाद दिन्छ | शव दाहका लागि बैजनाथका युवाहरुले अन्तर-आत्मा देखिनै महान पुण्य परोपकार कार्य गरेकोमा पालिका प्रशंसा समेत गर्दछ | महामारीका बेला बैजनाथका युवाबाट कोहलपुर मेडिकल कलेजको शिक्षण अस्पतालमा विरामी र तिनका कुरुवालाई सहुलियतमा खानाको व्यवस्थापन गरेकालेविशेष गरी युवाहरुलेखेल्नु भएको भूमिका र पुर्याउनु भएको सहयोगको धन्यवाद दिनचाहन्छौं | होम अईसोलेसनमाबसिबिषम परिस्थितिमाव्यवस्थापकीय पक्षलाई सहज बनाई दिनुहुने नागरिकहरुलाई समेत धन्यवाद दिन चाहन्छौं |

 

गाउँपालिकालाई प्राप्त हुने संघीय सरकार, प्रदेश सरकार र आन्तरिक आय समेतको प्रक्षेपण गरी हुन आउने निश्चित श्रोत र साधनको न्यायोचित तथा सन्तुलित वितरण समावेशी र सहभागितामूलक श्रोत परिचालन गरी आ.व. २०७८/०७९को नीति तथा कार्यक्रम ल्याइएको छ |

  1. विधानप्रदत्त मौलिक हक आवास आधारभूत शिक्षा आधारभूत स्वास्थ्य सेवा खानेपानी तथा सरसफाई महत्वपुर्ण दैनिक जीवन र मानव स्वास्थ्यसंग सम्बन्धित हकहरुको सम्बन्धमा प्रत्याभूत हुने गरी कार्यक्रम संचालन गरिनेछ |
  2. भुमि सम्बन्धि समस्या समाधान आयोगसंग समन्वय गरी प्रभावकारी ढंगले नाप नक्सा गरी पुर्जा वितरण कार्यलाई अघि बढाउन प्रयत्न गरिनेछ |
  3. सार्वजनिक सेवामा पहुंच अभिवृद्धी गर्न ढिला-सुस्ती र अनियमितता अन्त्य गर्न लाई शुन्य सहनशीलताको नीति अवलम्बन गरिनेछ |
  4. सुचनाको हक सम्बन्धी कानुनको पूर्ण सम्मान गर्दै जनमैत्री प्रशासन संचालन गरिनेछ|
  5. कार्यसम्पादनका आधारमा कर्मचारीलाई उत्प्रेरित गर्न आवश्यक पर्ने कर्मचारीहरुको संगठन ब्यबस्थापनको आधारमा करारनामा, कार्यसम्पादन सम्झौता,  प्रचलित ऐन, नियम कानुन अनुसार प्रोत्साहितगर्ने नीति अवलम्बन गरिनेछ |
  6. सामाजिक समावेशिताका लागि महिला, बालबालिका, अपाङ्गता, दलित,आदिवासी, जनजाति, अल्पसंख्यक (लोपोन्मुख, मधेशी, मुस्लिम, पिछडावर्ग, यौनिक अल्पसंख्यक), युवा, द्वन्दपिडित, मुक्तकमैया कमलरी, ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाको प्रत्याभुत हुने गरी विशेष कार्यक्रम ल्याइनेछ |
  7. कृषि, पशुपालन, पर्यापर्यटन, घरेलु तथा साना उद्योग र सहकारी मार्फत आर्थिक सम्मृद्धिको ढोका खोलिने भएकोले सो सम्बन्धी उद्यमशीलता, लगानी मैत्री वातावारण तयार गर्दै स्वरोजगार बनाई बेरोजगारको समस्या समाधान गरिनेछ |
  8. औद्योगिकक्षेत्रभित्रपर्नेघरधुरिहरुकोसकेसम्मसोहीस्थानमाउचितव्यवस्थापनगर्नप्रदेशरसंघीयसरकारसंगअनुरोधगरिनेछ | उक्त क्षेत्रमा बसोबास गर्दै आएका बासिन्दाको हकमा पटक पटक भएका सर्वपक्षीय सहमति कार्यान्वयन गर्न गराउन राजनैतिक दल, पिडित वस्ती, स्थानीय तह, प्रदेशको भूमिका प्रभावकारी बनाइनेछ र बस्ती व्यवस्थापनमा स्थानीय तह प्रदेश र संघिय सरकार संग सहकार्य गर्नेछ |योग्यता र दक्षताका आधारमा स्थानीयवासीहरुकोलागि रोजगारीको ग्यारेन्टी गरिनेछ |
  9. पूर्वाधार निर्माणका लागि बाह्रै महिना आवागमन गर्न सबै ग्रामीण सडकहरु ग्राभेल गरिनेछ |
  10. गाउपालिका भित्रकाएक वडा बाट अर्को वडा जोडिने सडकहरुको स्तरोन्नती गर्दै क्रमशः कालोपत्रे गर्दै जाने , पानी निकासका लागि ह्युमपाईप, कल्भर्ट र साना पुलहरुको निर्माण गरिनेछ |
  11. आवश्यकता अनुसार झुलुंगेपुल, ट्रसपुल, कजवे र ठुला पुलका लागि आवश्यक पहल गरिनेछ |
  12. मर्मत सम्भारका लागि वडा र पालिकास्तरमा मर्मत सम्भार कोषको व्यवस्था गरिनेछ |
  13. विद्युतको थप लाइन विस्तार गरि विद्युतकोक्षमता वृद्धि गर्ने र व्यवस्थित विधुतीकरण गर्न विद्युत प्राधिकरण संग समन्वय र सहकार्य गरिनेछ |
  14. नागरिक सहायता कक्षलाई निरन्तरता दिइनेछ, जनप्रतिनिधी र कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिममा विशेष जोड दिइनेछ |
  15. परियोजना बैंकको माध्यमबाट विकास आयोजना र उत्पादनमुखी तथा आयआर्जनमुलक कार्यक्रम संचालन गर्ने प्रयास गरिनेछ |
  16. जडित विपद अग्रिम सूचना प्रणालीलाई थप प्रभावकारी बनाइनेछ, तालिम अनुभव आदान प्रदानका लागि राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा थप सम्बन्ध विस्तार गरिनेछ |
  17. न्याय सम्पादन कार्यलाई प्रभावकारी बनाउन थप मेलमिलाप केन्द्रको स्थापना र तालिमको व्यवस्था गरिनेछ |

 

पूर्वाधार विकास

  • वडा, पालिका, प्रदेश र संघ स्तरीय आयोजनको वर्गीकरण गरी कार्यान्वयन गर्ने र आयोजनाको माग गरिनेछ |
  • भवन आचार संहिता २०७२लाई पूर्ण रूपमा पालना गरिनेछ |
  • सडक, विजुली, खानेपानी, संचार भवन निर्माण जस्ता पूर्वाधार निश्चित मापदण्डका आधारमा निर्माण गर्ने परिपाटीको व्यवस्था गरिनेछ |

 

कृषि

  • एक वडा एक पकेट क्षेत्र घोषणा गरिनेछ |
  •  तरकारी खेती प्रवर्धन र विकासमा जोड दिईनेछ |
  • मल, बिउं सिचाई प्रविधी र कृषी उत्पादनको बजारको सहकारी मार्फत व्यवस्थापन गरिनेछ |
  • घर बगैचा स्वस्थ वातावरण सुधारका लागि कागती तथा फलफूलका बिरुवा रोप्नका साथै बार्है महिना ताजा तरकारी उत्पादनमा विशेष जोड दिईनेछ |
  • माछा पालकलाई प्रोत्साहित गरिनेछ |
  • शित भण्डारका लागि आवश्यक पहल गरिनेछ |

 

पशु

  • मासु दुध अण्डामा आत्मनिर्भर बनाउनका लागि उन्नत जातका पशु पन्छीहरुको उत्पादन र वितरण प्रवर्धन गर्न कार्यक्रम संचालन गरिनेछन, पशुपन्छी बिमा, सेवा कार्यक्रम लागु गरिनेछ |
  • पशु आहाराका लागि भुइं घाँस, डाले घाँसको बिउं खेत बारी तथा खालि जग्गामा रोप्नलाई कार्यक्रम संचालन गरिने छ |
  • महामारी विरुद्धको भेक्सिन, परिजिवी नियन्त्रण कार्यक्रम संचालन गरिनेछ |
  • उत्पादित बस्तु बजारीकरणका लागि सहकारी मार्फत खरिद र बिक्री गर्ने व्यवस्था मिलाइनेछ |
  • छाडा पशुको उचित व्यवस्थापन र सदुपयोग गर्ने कार्यक्रम मिलाइनेछ |
  • संचालित साना किसान सुदृढीकरण परियोजनालाई निरन्तरता दिई थप विस्तार गरीनेछ |

पर्यटन     

- पर्या-पर्यटन प्रवर्धनका लागि विशेष कार्यक्रम ल्याइनेछ |

-बाँके / बर्दिया राष्ट्रिय निकुन्ज बफरजोनमा रहेको सय गन्तब्यमा एक गाभर भ्याली पर्यटन प्रवर्धन गर्नका लागि विशेष कार्यक्रमहरु संचालन गरिनेछ  | मानसरोबरको प्रतीकात्मक स्तम्भ र बोटानिकल गार्डेन बैजनाथ-६ न्यु हरियाली भियुटावर, पुष्पलाल स्मृति बाटिका, चिल्ड्रेन पार्कको निर्माण, गिद्यान ताल, सिम्राह्वा ताल, संरक्षण र सम्बर्धन गर्दै लगिनेछ|

 

घरेलु तथा साना उद्योग

  • घरेलु तथा साना उद्योग संचालन गर्न चाहने हरुलाई विशेष प्रोत्साहित गरिनेछ |
  • १० जना भन्दा माथि रोजगार दिने उद्योग संग गाउंपालिकाले समझदारी (MOU)  तयार गरि लगानी मैत्री वातावरण तयार गरिनेछ |
  • नौबस्ता औद्योगिक क्षेत्र निर्माणका लागि बस्तिको उचित व्यवस्थापन गर्दै उक्त औद्योगिक क्षेत्रलाइ संचालन गर्न प्रदेश र संघीय सरकारसंग आग्रह गरिनेछ |
  • न्युन आय भएका समुदायमा समूह परिचालन गरि रोजगारी सिर्जना गर्दैबेरोजगारीको समस्या समाधान गर्न प्रयत्न गरीनेछ |

 

 

सहकारी

  • सहकारी संस्थाहरु सहकारीको मर्म र भावना अनुसार संचालन गर्न लगाई त्यसको प्रभावकारी अनुगमन गरिनेछ | सामुहिक उत्पादन मल, बिउं, प्रविधि, कृषि उपकरण, तरकारी संकलन केन्द्र, खसी बोका संकलन केन्द्र, कृषि हाटबजारका लागि सहकारी मार्फत कार्यक्रम अघि बढाईनेछ |
  • उत्पादन प्रबर्धनका लागि सहकारीसंग साझेदारी कार्यक्रम अघि बढाइनेछ |

बालबालिका

  • वालवालिकाको चौतर्फी विकास गर्नका लागि गाउँपालिकालाई बालमैत्री बनाउनतर्फ अघि बढिनेछ |
  • बाल विवाह अन्त्य, कुरीति, कुसंस्कार, बालश्रम, बालबालिका बेचबिखनकार्यलाई पूर्णरुपमा निरुत्साहितका लागि व्यापक प्रचारप्रसार र अभियानकारुपमा कार्यक्रम संचालन गरिनेछ|
  • वाल विवाह मुक्त गाउँपालिका बनाउन व्यापक रुपमा कार्यक्रम चलाईनेछ |

महिला

  • स्वास्थ्य केन्द्र बर्थिंग सेन्टर सम्म आउँदा जाँदा लाग्ने खर्च स्थानीय भाडा र अन्य प्रसुती गृह वा अस्पताल सम्मको हकमा एम्बुलेन्स भाडा उपलब्ध गराइनेछ |
  • महिला स्वाथ्य स्वयंसेविकालाई दिंदै आएको प्रोत्साहन भत्ता वृद्धी गरिनेछ, स्वास्थ्य बिमा, पर्व खर्च र आमा समुह परिचालन बापत रकम उपलब्ध गराइनेछ |
  • आय आर्जन, शिप विकास, क्षमता अभिवृद्धि सम्बन्धि कार्यक्रम संचालन गारिनेछ |

                                   

  • सम्पत्तीमा दम्पत्तिको समान अधिकार सुनिश्चितताका लागि संयुक्त पुंजी बनाउदा शिफारिसमा लाग्ने करमा छुट दिइनेछ |
  • लैंगिक हिँसा, मानव वेचविखन, विभेद र असमानता विरुद्धको जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम संचालन गरिनेछ |
  • लैंगिक हिंशा निवारण कोष र मानव बेच बिखन विरुद्धको उद्धार कोष स्थापना गरिनेछ |

 

 

 

 

अपाङ्गता

  • राज्यको तर्फबाट सामाजिक सुरक्षा अन्तर्गत "क" र "ख" वर्गका अपाङ्गता भएका व्यक्तिलाई पूर्ण र आंशिक भत्ता उपलब्ध गराउंदै आएकोमा "ग" वर्गका पहेलो कार्ड प्राप्त गर्ने अपाङ्गताहरु उपेक्षीत भएको महशुस गरेकाले स्थानीय सरकारले सो महशुस गरी सामाजिक सुरक्षा अन्तर्गत आर्थिक सहयोगको व्यवस्था गरिनेछ |
  • अब बन्ने सबै संरचनाहरु अपांग, बालबालिका र महिला मैत्री बनाइनेछ |
  • अपांग भएका व्यक्तिहरुको शिप, क्षमता विकास गरि उद्यमशिलता बन्न प्रोत्साहित गरिनेछ |
  • सहायक सामग्री मर्मत, निर्माण गरि वितरणको व्यवस्था मिलाइनेछ |
  • अपाङ्गता पहिचान, वार्गीकरण तथा सुविधा र सहयोग कार्यविधि बनाई लागु गरिनेछ |

दलित

  • परम्परागत पेशाहरुलाई आधुनिकरण गरि रुपान्तरण गरिनेछ |
  • दलित समुदायलाई सशक्तिकरण गर्दै लगिनेछ |

आदीवासी जनजाती

  • जातीय परम्परामा रहेका भाषा, भेषभूसा, संस्कृतिको जगेर्ना गरिनेछ र जातीय परम्परा झल्किने स्थानीय स्तरमा रहेका घरेलु उत्पादित सामग्रीहरुको प्रवर्धन गर्न सिप विकास तालिम संचालन गरिनेछ  |

अल्पसंख्यक(लोपोन्मुख, मधेशी, मुस्लिम, पिछडा वर्ग, यौनिक अल्पसंख्यक)

  • आय आर्जन र जीवन उपयोगी शिप जस्ता कार्यक्रम चलाइनेछ |

जेष्ठ नागरिक

  • ६० वर्ष पुगेका जेष्ठ नागरिक जीवन संगिनी गुमाएका वा विवाहनै नगरी बसेका एकल पुरुष आर्थिक रुपले विपन्न सामाजिक सुरक्षाको आवश्यकता परेकालाई पालिकाको तर्फबाट आर्थिक सहयोग /सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने कार्यको सुरुवात गरिनेछ |
  • जेष्ठ नागरिकलाई सम्मान गर्नुका साथै स्वास्थ्य शिविर संचालन गरिनेछ |
  • सेवा प्रवाहमा ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिइनेछ |
  • समग्रमा सबै समुहलाई समेट्ने गरि सामाजिक समावेशीकरण नीति तर्जुमा गरिनेछ|

 

 

 

युवा

  • कोभिड-१९ का कारण विदेशबाट फर्केका युवालाई स्वरोजगार बनाउन उत्पादनमा जोड दिईनेछ |
  • "स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" स्वस्थ र अनुशासित नागरिक उत्पादन गर्न खेलकुदलाई विशेष ध्यान राख्दै खेलकुद विकास समिति लाई पूर्णता दिइनेछ |

 

  • विकृति, विसंगति, लागु औषध तथा दुर्व्यसनी सम्बन्धि चेतनामुलक कार्यक्रम संचालन गरिनेछ |
  • खेलमैदान संरक्षण संबर्धन र निर्माण गरिनेछ |
  • युवा क्लबको संरचनालाई परिचालन र संचालनमा जोड दिइनेछ |

खानेपानी तथा सरसफाई

  • खानेपानी तथा सरसफाई गुरुयोजना तयार गरिनेछ |
  • स्वच्छ र सफा खानेपानीका लागि खानेपानी आयोजना संचालन गर्न पहल गरिनेछ | खानेपानी आयोजना नभएको वडामा आयोजनाको डीपीआर अघि बढाईनेछ |
  • स्वच्छ र सफा खानेपानीका लागि निर्माण भएका खानेपानी आयोजनालाई संचालनमा ल्याउन विशेष पहल गरिनेछ |
  • फोहोर व्यवस्थापनका लागि विशेष पहल गरिनेछ |
  • स्वच्छ र सफा गाउँ बनाउनका लागि अभियान संचालन गरिनेछ |

स्वास्थ्य

  • सबै स्वास्थ्य केन्द्रहरुका लागि संचालन तथा व्यवस्थापन गर्न बजेटको व्यवस्था गरिनेछ |
  • एम्बुलेन्स सेवा स्वास्थ्य केन्द्रहरुमा उपलब्ध गराइनेछ |
  • महामारी विरुद्धको अभियान कोभिड-१९ जनस्तरदेखि जनप्रतिनिधि कर्मचारी स्वास्थ्यकर्मी सुरक्षाकर्मी नागरिक समाज सबैलाई परिचालन गरिनेछ |

धर्म संस्कृति

  • सबै धर्म र संस्कृतिको संरक्षण र संवर्धन गरिनेछ |

 

 

शिक्षा

  • उच्च शिक्षा हासिल गर्ने बैजनाथ गाउँपालिकाका छात्राहरुलाई छात्रवृद्धि उपलब्ध गरईनेछ | प्रविधि संग प्रधानाध्यापक जोड्न पालिकामा रहेका सबै आधारभूत तहका (१-८) प्रधानाध्यापकहरुलाई ल्यापटप उपलब्ध गराईनेछ र कम्प्युटर सम्बन्धी तालिम उपलब्ध गराईनेछ |
  • आधारभूत तहको शिक्षा नि:शुल्क र अनिवार्य बनाइनेछ |
  • आधारभूत तहमा विद्यार्थी शिक्षक अनुपातमा न्युनतम मापदण्ड बनाई शिक्षण अनुदानको व्यवस्था गरिनेछ र विद्द्यार्थी संख्याको आधारमा विद्यालय संचालन तथा  व्यवस्थापन रकम उपलब्ध गराईनेछ |
  • पालिका स्तरीय अतिरिक्त क्रियाकालाप, तहगत खेलकुद प्रतियोगिता, तहगत उत्कृष्ट विद्यार्थी, विषयगत उत्कृष्ट शिक्षक, संचालन एवं पुरष्कृत गरिनेछ |
  • मा.वि.तह संचालनको लागि दरवन्दी नभएका विद्यालयहरुलाई शिक्षण अनुदान सहयोगउपलब्ध गराईनेछ |
  • प्राविधिक शिक्षालयमा थप विषयको अध्ययन अध्यापन तथा छात्रवृत्तिको व्यवस्था    गरिनेछ |
  • व्यावसायिक धारको विद्यालय संचालनका लागि पहल गरिनेछ |
  • शुभप्रभात बहुमुखी क्याम्पसको सम्बन्धनका लागि विशेष पहल गर्ने सम्बन्धन प्राप्त भए पछी  भौतिक संरचना निर्माण गरिनेछ |
  • नमुना विद्यालयमा हुने भौतिक पूर्वाधारका लागि पालिकाको समेत सहभागिता गराइनेछ |

वन, वातावरण तथा विपद व्यवस्थापन

  • कोभिड-१९ बाट ज्यान गुमाएका परिवारलाई राहतको व्यवस्था मिलाई आर्थिक सहयोग उपलब्ध गराईनेछ |
  • कोभिड-१९ र सम्भावित विपद संग जुध्न प्रकोप व्यवस्थापन कोष मजबुतबनाइनेछ |
  • जडित विपद अग्रिम सूचना प्रणालीलाई थप प्रभावकारी बनाईनेछ | तालिम अनुभव आदान प्रदानका लागि राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा थप सम्बन्ध विस्तार गरिनेछ | बिपद्का लागि राहत तथा उद्दार सम्बन्धि अग्रिम तयारी सामग्री खरिद गरी भण्डारण गरिनेछ |
  • विरुवा उत्पादन र बृक्षारोपण कार्यलाई विशेष जोड दिईनेछ |
  • भुक्षय नियन्त्रणका लागि जैविक तटबन्ध र नदी नियन्त्रण गर्न तटबन्ध निर्माणका लागि प्रदेश र संघ संग पहल गरिनेछ |
  • राष्ट्रियनिकुन्जको क्षेत्रमा हुने मानवीय क्षतिलाईब विपद सरहमानी राहत/क्षतिपूर्ति उपलब्ध गराइनेछतर अन्य क्षतिका हकमा सामान्य आर्थिक सहयोग प्रदान गरिनेछ |

 

सार्वजनिक सेवा, शुसासन तथा क्षमता विकास

  • पालिका तथा वडाबाट सेवा प्रवाह भैरहेको हेल्पडेस्कलाई निरन्तरता दिइनेछ |
  • जन-प्रतिनिधि र कर्मचारीको क्षमता अभिवृद्धिका लागि तालिमको साथै उचित पुरस्कारको व्यवस्था गरिनेछ |
  • सूचना मैत्री गाउँपालिका बनाउन प्रयत्न गरिनेछ|
  • संस्थागत क्षमता अभिवृद्धि गरिनेछ |
  • नागरिकलाई मुस्कान सहितको सेवा प्रदान गरिनेछ |
  • नागरिकबाट प्राप्त गुनासोको समयमै सम्बोधन गरिनेछ |
  •  पालिका र वडाबाट प्रदान भईरहेको सेवाप्रबाहको सम्बन्धमा मुल्यांकन पद्धतिको बिकास गरिनेछ|
  • न्यायिक समिति र मेलमिलाप केन्द्रबाट हुने न्यायिक निरुपणको कार्यलाई अझै प्रभावकारी बनाइनेछ |
  • वडा न.८ को भूगोल तथा जनसंख्या ठुलो भएकोले वडा विभाजनका लागि आवश्यक पहल गरिनेछ |
  • जनतासंग जनप्रतिनिधि कार्यक्रम संचालन गरिनेछ |

 

 

विधायन तथा वित्तीय अनुशासन

  • नभईनहुने ऐन, कानुन, कार्यविधि, मापदण्ड तर्जुमा गरि गाउसभामा पेशगरि कार्यान्वन गरिनेछ
  • महालेखाबाट सुझावका रूपमा पेश गरिएका सुझाव, असुल उपर र नियमित गर्नुपर्ने सबै कुरा आर्थिक ऐन बमोजिम गरिनेछ |
  • अर्धवार्षिक रूपमा सार्वजनिक सुनुवाई गरिनेछन |
  • राजश्व संकलन / व्यवस्था गर्न विद्युतिय सफ्टवेयरको प्रयोग गरिनेछ |
  • पालिकाबाट हुने आर्थिक कारोबारलाई व्यवस्थित बनाउन थप प्रयास गरिनेछ |

अन्त्यमा,

यस गाउपालिकाको वार्षिकनीति तथा कार्यक्रम तर्जुमा गर्ने सन्दर्भमा सहयोग पुर्याउनु हुने कार्यपालिकाका सम्पूर्ण पधाधिकारी ज्यूहरु,गाउँ सभाका सदस्य ज्यूहरु,  गाउँ कार्यपालिका कार्यालयका सम्पूर्ण रास्ट्रसेवक कर्मचारी मित्रहरु र प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने राजनैतिक दल, नागरिक समाज लगायत सम्पुर्ण महानुभावहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।धन्यवाद


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Jul 25, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१