सोमबार, श्रावन ११, २०७८ साल

बाँकेका एसपी अधिकारी–दर्जन बढि जिल्लामा उत्कृष्ट कार्य सम्पादन

लाेकप्रिय सन्देश २०७८ आषाढ १७ गते 1.74K

नेपालगञ्ज,असार १७ ।  २०५५ सालमा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गर्नुभएका प्रहरी उपरीक्षक श्याम अधिकारी भर्खरै जिल्ला प्रहरी कार्यालय बाँकेको प्रमुखको रुपमा सरुवा भई आउनुभएको छ । प्रहरी सेवामा रहँदा दर्जनबढी जिल्लामा कुशलतापूर्वक कार्य सम्पन्न गर्नुभएका एसपी अधिकारी पश्चिम नेपाल (साविकको भेरी, कर्णाली, सेती महाकाली अञ्चल)मा पहिलो पटक सरुवा भई आउनुभएको हो । उहाँले  जिल्ला प्रहरी कार्यालय रुकुम, भोजपुर, सुनसरी, कास्की, वडा प्रहरी कार्यालय लैनचौर, सोह्खुट्टे, ईप्रका वनेपा, ईप्रका गरुडा, जिल्ला प्रहरी कार्यालय पर्वत, ईलाका प्रहरी कार्यालय काँकडभित्ता, जिल्ला प्रहरी कार्यालय मनाङ, महोत्तरी, ट्राफिक प्रहरी महशाखा हुँदै हाल जिल्ला प्रहरी कार्यालय बाँकको प्रमुखको रुपमा बाँकेमा सरुवा भई आउनुभएको हो । 

तनहुँको ब्यास नगरपालिका ११ दमौलीका स्थायी बासिन्दा अधिकारी २०६७ सालमा प्रहरी नायब उपरीक्षक र २०७४ सालमा प्रहरी उपरीक्षकमा पदोन्नती हुनुभएको हो ।  हसिलो स्वभावका एसपी अधिकारी पहिलो भेटमै मानिसहरुलाई प्रभावित गर्न सक्ने ब्यक्तिगत क्षमता रहेको उहाँलाई नजिकबाट चिन्नेहरु बताउँछन् । हाल बाँके जिल्लाको अवस्थाबारे जानकारी लिईरहनुभएका एसपी अधिकारीले समाजमा शान्ति व्यवस्था स्थापना र अपराध नियन्त्रणका लागि प्रहरी संगठन सदैब क्रियाशिल रहने बताउनुहुन्छ । जिल्ला प्रहरीले सबैको साथ र सहयोगको अपेक्षा गरेको उहाँको भनाई छ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jul 26, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१