सोमबार, श्रावन ११, २०७८ साल

नेपालगञ्जको वाटरपार्कमा ब्याडमिन्टन कोर्ट

लाेकप्रिय सन्देश २०७८ आषाढ २३ गते 420

नेपालगञ्ज,असार २३ । नेपालगञ्जको वाटरपार्क नजिकै ब्याडमिन्टन कोर्ट निर्माण सुरु भएको छ । सङ्घीय कार्यान्वयन ईकाई बाँकेको कार्यक्रम अन्तर्गत सघन शहरी विकास कार्यक्रमबाट ७० लाख बढिको लागतमा ब्याडमिन्टन कोर्टको निर्माण सुरु भएको हो । 


ब्याडमिन्टन कोर्टको शिलान्यासमा वडा अध्यक्ष प्रमोद रिजालले करिब पाँच महिनाभित्र निर्माण कार्य पुरा हुने जानकारी दिनुभयो । धम्बोझीमा खेलकुद एकेडेमीको निर्माण कार्य अन्तिम चरणमा रहेको अवस्थामा ब्याडमिन्टन कोर्ट पनि निर्माण हुन लागेको हो । वडा अध्यक्ष रिजालले धम्बोझीलाई खेलकुदको हब बनाउने नीति अनुसार अघि बढिरहेको जानकारी दिनुभयो ।


 ब्याडमिन्टन कोर्टका लागि पहल गर्ने पूर्व मन्त्री मो. इस्तियाक राई र नगरप्रमुख डा. धवलशम्शेर राणालाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो । सो अवसरमा धम्बोझी क्लवका अध्यक्ष देवेन्द्र खड्का, बाँके जिल्ला फुटवल संघका अध्यक्ष भोजराज शाही, महासचिव रविन्द्र श्रेष्ठ, नेकपा एमालेका डिएस वम, नेपाली काँग्रेसका विनोद रिजाल लगायत खेलाडी लगायत वडाबासीको सहभागिता थियो । धम्बोझीमा विकाससँगै खेलकुदका गतिविधिलाई तिव्रता दिइएको छ । धम्बोझी क्लव एन्फा ए डिभिजनमा समेत छनौंट भईसकेको छ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jul 26, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१