सोमबार, श्रावन ११, २०७८ साल

नेपालगञ्ज १ मा सार्वजनिक सुनुवाई

लाेकप्रिय सन्देश २०७८ आषाढ २८ गते 489

नेपालगञ्ज, असार २८ । नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ ले प्रदान गर्ने सेवा सुविधाको प्रभावकारिताका विषयमा सोमबार सार्वजनिक सुनुवाई गरिएको छ । कार्यक्रममा वडा अध्यक्ष प्रमोद रिजालले वडा कार्यालयले भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । एडिबी परियोजना,  उपमहानगरपालिका तथा वडाको बजेटबाट थुप्रै भौतिक संरचनाहरुको निर्माणमा प्राथमिकता दिएका छौं, रिजालले भन्नुभयो,– बाँकी कामहरु आगामी आवभित्र सम्पन्न गर्ने प्रयासमा छौं । वडाले हारियाली, सरसफाई तथा सौन्दर्यकरणलाई पनि प्राथमिकता दिएको छ । सरसफाईका लागि ट्याक्टर खरिद गरिएको छ । शिक्षा, खेलकुद तथा अन्य निर्माण कार्य पनि प्राथमिकतामा छन् ।

बासको सहकार्यमा भएको कार्यक्रममा सहभागीहरुले वडाभित्र विकास निर्माणका सन्दर्भमा वडाअध्यक्ष रिजाल सहित जनप्रतिनिधीहरुले देखाएको सक्रियताको प्रशंसा गरेका थिए । सहभागीहरुले राखेका जिज्ञासाको अध्यक्ष रिजाल, वडा सदस्य जगमोहन काँदु, सचिव नेवलाल घर्ती लगायतले सम्बोधन गर्नुभएको थियो । बासका कार्यकारी निर्देशक नमस्कार शाहले वडा कार्यालयले नियमित सार्वजनिक सुनवाई गर्दै आईरहेको बताउनुभयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jul 26, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१