आईतवार, श्रावन १०, २०७८ साल

नेपालगञ्जमा नसर्ने रोगका विषयमा सरोकारवालासँग अन्तरक्रिया

लाेकप्रिय सन्देश २०७८ आषाढ २९ गते 639

नेपालगञ्ज, असार २९ । नेपालगञ्ज उप–महानगरपालिकाले नसर्ने रोगहरु सम्बन्धमा सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । मंगलबार शिक्षक, संचारकर्मी र विद्यार्थीहरुसँग अन्तरक्रिया गरिएको हो । सो अवसरमा स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले बिश्वमा हुने कुल मृत्युमध्ये नसर्ने रोगबाट करिब ६६ प्रतिशतको ज्यान जाने गरेको भन्दै नेपाल सरकारले नसर्ने रोगलाई आधारभुत स्वास्थ्य सेवाको रुपमा लिएर रोकथाम र न्यूनीकरणमा जोड दिएको बताउनुभयो । नसर्नेखालका रोगबाट बच्नका लागि खानपान  र बानी ब्यहोरामा सुधार आवश्यक भएको चन्दले बताउनुभयो । सो अवसरमा सहभागी सबैको रक्तचाप र मधुमेहको परीक्षण गरिएको थियो । कार्यक्रममा स्वास्थ्य शाखाका सरोज रिमाल , राजन शाही लगायतले सहजिकरण गर्नुभएको थियो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Sunday, Jul 25, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१