सोमबार, श्रावन ११, २०७८ साल

नेपालगञ्जको कारकादौंमा बुद्धको प्रतिमा सहित पार्क

लाेकप्रिय सन्देश २०७८ आषाढ ३० गते 343

नेपालगञ्ज, असार ३० । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ ले बुद्धको प्रतिमा सहित बुद्ध चोक पार्कको निर्माण गरेको छ । वडा कार्यालयको ९ लाख ५० हजार रुपियाँ लागतमा निर्माण भएको पार्कको बुधबार वडा अध्यक्ष दिपक वर्माले उद्घाटन गर्नुभयो ।

नेपालगञ्ज–कोहलपुर सडकको भुजईगाउँनजिकै निर्माण भएको पार्क रमणीय देखिन्छ । पार्कमा बुधबार बौद्ध परम्परा अनुसार पुजाआजा गरिएको छ । वडा कार्यालयले भौतिक पूर्वाधार , सडक कालोपत्रे र स्तरउन्नतीमा प्राथमिकता दिएको वडा सदस्य दिग्विजय ढुंगानाले बताउनुभयो । वडामा चालु आवका अधिकाँश विकासका आयोजना सम्पन्न भएका छन् । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jul 26, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१