सोमबार, श्रावन ११, २०७८ साल

नेपालगञ्जका वडा नम्बर १ र २ वाल विवाह मुक्त घोषणा

लाेकप्रिय सन्देश २०७८ आषाढ ३१ गते 206

नेपालगञ्ज, असार ३१ । नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर १ र २ लाई बिहिवारदेखि वाल विवाह मुक्त वडा घोषणा गरिएको छ । नगर प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले दुबै वडा वाल विवाहमुक्त वडा भएको घोषणा गर्नुभयो । कार्यक्रममा नगर प्रमुख राणा र उपप्रमुख मगरले नेपालगञ्जलाई वडा हुँदै नगरलाई नै वाल विवाहमुक्त वडा घोषणा गर्ने लक्ष्यका साथ अघि बढेको बताउनुभयो । यसअघि नेपालगञ्जका वडा नम्बर १० र १२ लाई वाल विवाहमुक्त वडा घोषणा गरिसकिएको छ । पछ्रिल्लो एकवर्षका अवधीमा नेपालगञ्ज १ मा ५९ वटा र वडा नम्बर २ मा ५०  विवाह भएकोमा दुबै वडामा ८÷८ वटा वाल विवाह भएका थिए । 


 वडा नम्बर १ का वडा अध्यक्ष प्रमोद रिजाल र वडा नम्बर २ का वडा अध्यक्ष सुनील सिंह हमालले वडालाई वाल विवाहमुक्त बनाउन साथ र सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिरालाल रेग्मी, भेरी अस्पताल विकास समितिका अध्यक्ष तथा नेकपा एमाले बाँकेका सचिव प्रमोद धिताल, नेपाली काँग्रेस बाँकेका नेता सुधाम्शु कोइराला लगायतले वाल विवाहमुक्त जिल्ला बनाउन लागिपर्ने बताउनुभयो । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jul 26, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१