सोमबार, श्रावन ११, २०७८ साल

कोहलपुरमा सुतिरहेको अवस्थामा वृद्धाको हत्या

लाेकप्रिय सन्देश २०७८ श्रावन ३ गते 138

कोहलपुर,साउन ३ । बाँकेको कोहलपुरमा घरमा सुतिरहेको अवस्थामा एक बृद्धाको शनिबारराती हत्या भएको छ । कोहल्पुर नगरपालिका ११ का ८२ बर्षकी साउली कार्कीको हत्या भएको हो । उहाँको टाउकोमा गहिरो चोट देखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी मधुसूदन न्यौपानेले जानकारी दिनुभयो । परिवारले उहाँको तिलहरी हराएको जानकारी दिएको छ । उहाँको शव भेरी अस्पतालमा पोस्टमार्टम गरिएको छ  ।

हत्या गरिएकी कार्की माओवादी निकट वाइसीएल बाँकेका संयोजक आकाश कार्कीको आमा हुनुहुन्छ । आदरणीय भिम दाई लुम्विनी प्रदेश खेलकुद विकास समितिको सदस्य सचिव हुनुभएकोमा हार्दिक बधाई छ । 

 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jul 26, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१