सोमबार, श्रावन ११, २०७८ साल

एमाले बाँकेका नेता वली खेलकुदको सदस्य सचिव

लाेकप्रिय सन्देश २०७८ श्रावन ३ गते 271

नेपालगञ्ज,साउन ३ । नेकपा एमाले बाँकेका नेता भिम वली लुम्विनी प्रदेश खेलकुद विकास समितिको सदस्य सचिवमा नियुक्त हुनुभएको छ । उहाँलाई प्रदेश सरकाका युवा तथा खेलकुद मन्त्री धर्मवहादुर लाल श्रीवास्तवले सदस्य सचिवमा नियुक्त गर्नुभएको छ । प्रदेश मन्त्री परिषदले प्रदेशका १२ जिल्लाबाट १÷१ जना र प्रदेश तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुदमा विशिष्ट योगदान पु¥याएका विशिष्ट ब्यक्तित्व ५ जना गरि १७ जनालाई परिषदको सदस्यमा नियुक्त गरेको थियो । 


परिषदका सदस्यहरुबाट मन्त्री श्रीवासतवले वलीलाई सदस्य सचिवमा नियुक्त गर्नुभएको हो । वलीको कार्यकाल चारवर्षको रहेको छ । वलीले यसअघि मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिको अध्यक्षको रुपमा काम गरेको अनुभव छ । 


तपाईको प्रतिक्रिया

Copyrights © 2021 Lokpriyanews

Monday, Jul 26, 2021

कार्यालय : नेपालगन्ज उपमहानगरपालिका 2 बागेश्वरी हल रोड

सम्पादक : गोविन्द शर्मा

सम्पर्क : ९८५८०२२६६०,९८६८९३८५२१